४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

राहत कोषको नाममा नक्कली खाता र क्यूआर बनाएर ठगी, सतर्कता अपनाउन राष्ट्र बैंकको आग्रह

राहत कोषको नाममा नक्कली खाता र क्यूआर बनाएर ठगी, सतर्कता अपनाउन राष्ट्र बैंकको  आग्रह
अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्दा नक्कली बैंक खाता तथा क्यूआर कोड प्रयोग गरी हुनसक्ने ठगीप्रति सावधान रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सोमबार सूचना जारी गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली क्यूआर कोड तथा बैंक खाता विवरण प्रयोग गरी अनधिकृत रूपमा रकम संकलन तथा ठगी भइरहेको घटना सार्वजनिक भएको जनाएको छ।

राष्ट्र बैंकले राहत तथा उद्धारका लागि कोषमा रकम पठाउनुअघि बैंक खाताको नाम अनिवार्य रूपमा यकिन गर्न आग्रह गरेको छ। मोबाइल बैंकिङ, वालेट, कनेक्ट आईपीएसलगायत जुनसुकै माध्यमबाट रकम पठाउँदा खाताको नाम ‘Prime Minister Disaster Relief Fund’ रहेको सुनिश्चित गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ।

त्यस्तै, रकम प्रविष्ट गरेपछि पठाउन लागेको रकम पुनः यकिन गर्न तथा राष्ट्र बैंक, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अर्थ मन्त्रालयको वेबसाइटमा उल्लेखित आधिकारिक बैंक खाता विवरण मात्र प्रयोग गर्न आग्रह गरिएको छ।

सामाजिक सञ्जाल, इमेल तथा मेसेजिङ एपमार्फत फैलिएका अनधिकृत क्यूआर कोड स्क्यान नगर्न र सहयोग रकम पठाउने बहानामा कसैले मागे पनि ओटीपी, पिन तथा पासवर्डजस्ता संवेदनशील विवरण उपलब्ध नगराउन राष्ट्र बैंकले सचेत गराएको छ।

राष्ट्र बैंकले रकम पठाउँदा आधिकारिक एप्लिकेसन प्रयोग गर्न पनि अनुरोध गरेको छ। आफू ठगीमा परेको आशंका भए तत्काल सम्बन्धित बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायक, नेपाल प्रहरीको साइबर ब्युरो अथवा नेपाल राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाईमा जानकारी गराउन आग्रह गरिएको छ।