१५ भाद्र २०८३, सोमबार
,
Latest
समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु पहिरोमा ज्यान गुमाएकाहरूको शान्तिको कामना गर्दै स्वयम्भूमा परित्राण पाठ तथा दीप प्रज्ज्वलन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा राहत कोषको नाममा नक्कली खाता र क्यूआर बनाएर ठगी, सतर्कता अपनाउन राष्ट्र बैंकको आग्रह रसुवा बाढीका कारण ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ भदौ २८ मा सारियो रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपछिको उद्धार र राहतबारे ब्रिफिङ बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा पुनःस्थापना तीव्र, ११० साइट सुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवा बाढीका कारण ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ भदौ २८ मा सारियो



अ+ अ-

काठमाडौं । सिजन मिडिया नेपालले आफ्नो १८औँ स्थापना दिवसको अवसरमा आयोजना गर्न लागेको ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ (सातौँ संस्करण) को मिति परिवर्तन गरेको छ। यसअघि भदौको पहिलो साता आयोजना गर्ने भनिएको अवार्ड समारोह अब भदौ २८ गते आयोजना हुने भएको हो।

रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण मुलुकमा उत्पन्न दुःखद् तथा संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै कार्यक्रमको मिति सारिएको आयोजकले जनाएको छ।

सिजन मिडियाका अनुसार अवार्ड समारोहमा नेपालसहित विभिन्न एसियाली मुलुकका व्यवसाय, शिक्षा, स्वास्थ्य, सञ्चार, पर्यटन, संस्कृति, सामाजिक सेवा तथा अन्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका सफल व्यवसायी, पेशाकर्मी तथा व्यक्तित्वहरूलाई अवार्ड प्रदान गरिनेछ।

“यस्ता सम्मानले अग्रजहरूको योगदानको कदर गर्नुका साथै नयाँ पुस्तालाई आफ्नो पेशा, व्यवसाय र सामाजिक उत्तरदायित्वप्रति थप समर्पित हुन प्रेरणा मिल्ने विश्वास गरेका छौँ,” ।

यस वर्ष नेपालबाहेक विभिन्न एसियाली मुलुकमा सफल व्यवसाय सञ्चालन गरिरहेका व्यवसायी तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका नेपाली व्यक्तित्वहरूलाई समेत सम्मान गर्ने तयारी भइरहेको सिजन मिडियाले जनाएको छ।