१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता रसुवा बाढीः सुरुङमा फसेका इन्जिनियरको उद्धारमा ढिलाइ भएको भन्दै इन्जिनियर्स एशोसिएशन आक्रोशित नेपाल सरकारबाट अन्तर्राष्ट्रिय हानी–नोक्शानी कोषलाई पत्राचारः आपतकालिन वित्त तत्काल उपलब्ध गराउन अनुरोध पोखरा बस व्यवसायी समितिद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोगको घोषणा प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समानान्तर निर्माण सेवा प्रालि र त्यहाँ कार्यरत कर्मचारीले रु ६३ लाख ३७ हजार ३७८ सहयोग गरेका छन् ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि समानान्तर निर्माण कम्पनीका तर्फबाट रु ५१ लाख ५१ हजार ५१५ तथा कर्मचारीहरूले स्वेच्छिक रूपमा पाँच दिनको तलबबाट  रु ११ लाख ८५ हजार ८६३ सहयोग गरेका हुन् ।

समानान्तर निर्माण सेवा प्रालिका अध्यक्ष अच्युतप्रसाद खरेलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सहयोग रकम हस्तान्तरण गर्दै विपद्बाट पीडित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापना  कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । रासस




भर्खरै