५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन

प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण

प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण
अ+ अ-

काठमाडौँ। आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, राहत तथा पुनस्र्थापनाका सरकारलाई १० करोड रुपैयाँ सहयोग प्रदान गरेको छ ।

सोमवार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरेर आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले १० करोड रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।

चेक हस्तान्तरण पछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ढकालले आइएमईले संसारभरबाट सहयोग रकम नेपाल पठाउन निःशुल्क रेमिट्यान्स सुविधा उपलब्ध गराएको समेत जानकारी दिनुभयो ।

उहाँकाअनुसार विश्वका जुनसुकै देशबाट पनि प्रधानमन्त्री राहत कोषमा १० सेप्टेम्बरसम्म निःशुल्क रकम पठाउन सकिनेछ । उहाँले हालसम्म करिव २० हजार कारोबारमार्फत विदेशबाट प्रधानमन्त्री राहत कोषमा करिब १६ करोड रुपैयाँ जम्मा भइसकेको बताउनुभयो ।

सेप्टेम्बर १० सम्म रेमिट्यान्समार्फत करिब ५० करोड रुपैयाँ सहयोग रकम आउने अपेक्षा गरिएको उहाँको भनाइ छ । उहाँले बाढीबाट सिर्जित विपद् गम्भीर रहेको भन्दै सरकारलाई सहयोग गर्दै उद्धार तथा राहतका काममा अघि बढ्न निजी क्षेत्र र आम नागरिकलाई आग्रह गर्नुभयो । अध्यक्ष ढकालले विपद्का बेला उद्धार, घाइतेको उपचार, राहत तथा शव व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुप अन्तर्गतका कम्पनीहरुको एक्युमुलेटेड अमाउन्ट १० करोडको चेक माननीय अर्थमन्त्रीज्यूलाई हस्तान्तरण गरेका छौँ । हामीहरुले विदेशबाट जुन रेमिट्यान्स लाग्ने शुल्क पनि अगामी सेप्टेम्बर १० सम्मको लागि फ्री गरेका छौँ । विश्वको जुनसुकै देशका नागरिकले पनि निःशुल्क रुपमा प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा गर्न सक्नुहुनेछ । अहिलेसम्म करिब २० हजार ट्रान्जेक्सनमा करिब १६ करोड रुपैयाँ बराबरको विदेशबाट प्रधानमन्त्री राहत कोषमा जम्मा पनि भइसकेको छ । हामीले सेप्टेम्बर १० सम्मान करिब ५० करोड रुपैयाँ रेमिट्यान्समार्फत आउने विश्वास गरेका छौँ । त्यसैगरी बैंक वित्तीय संस्थाहरु, मनी ट्रान्सफर कम्पनीहरु जति पनि हुनुहुन्छ उहाँहरुले पनि निःशुल्क रुपमा पठाउनुभएको छ । त्यो हिसाबले एकदम सहज हिसाबले प्रधानमन्त्री राहत कोषमा विदेशमार्फत सहयोग आउने एउटा मेकानिज्म पनि बनेको छ । यो विपद्को समयमा प्राइभेट सेक्टरको तर्फबाट र आम पब्लिकको पनि पहिलो प्राथमिकता उद्धारमा नै हुनुपर्छ । त्यसैगरी घाइतेको उपचार, पीडितलाई राहतको कुरा पनि छ । शव व्यवस्थापनको कुरा पनि छ । यस्तो विपद् भूकम्प र कोभिडको समयमा समेत आएको थिएन । त्यसकारण यो समयमा सरकारलाई सहयोग गरेर अघि बढ्नुपर्ने अवस्था छ ।’

आइएमई ग्रुपले अकल्पनीय विपतमा बेपत्ताहरूको खोजी, घाइतेहरूको उपचार, प्रभावितहरूका लागि खाद्यान्न र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पु¥याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग उपलब्ध गराएको हो । –न्युज एजेन्सी नेपाल