१५ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी बाढीपीडितका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा रु १५ लाख सहयोग हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री विपद् व्यवस्थापनमा सरकार पूर्ण सक्रिय छ, राहत र उद्धारमा कुनै कमी हुँदैनः प्रवक्ता पोखरेल परराष्ट्रमन्त्री खनाल र कतारका राज्यमन्त्री अल-मिसनदबीच टेलिफोन वार्ता एनआरएनए र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता चीन रेडक्रसद्वारा नेपाललाई २ हजार शव राख्ने झोला सहयोग लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली–भण्डारी भेटघाटको समय सर्‍यो



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ताको समय पछाडि सारिएको छ ।

आइतबार दिउँसो ३ बजेलाई तय भएको भेटघाटको समय चार बजेलाई सारिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

एआईसम्बन्धी एक कार्यक्रममा प्रधानमन्त्री ओली बालुवाटारमै व्यस्त भएकाले च्यासलमा भण्डारीसँग तय भएको छलफललाई पछि सारिएको हो ।

पूर्वराष्ट्रपति भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरेपछि ओलीसँग पहिलोपटक भेटघाट हुन लागेको हो ।

एमालेको पोलिटब्युरो बैठकले भण्डारीको सदस्यता स्थगनको अवस्थामा रहेको निर्णय गरेकै भोलिपल्ट भेटवार्ता हुनुलाई चासोको साथ हेरिएको छ ।