५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

एनआरएनए र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता

एनआरएनए र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता
अ+ अ-

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले विपद्को कठिन घडीमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै राहतसँगै पुनःस्थापना र पुनःनिर्माणका सबै चरणमा एनआरएनए तथा अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

परराष्ट्र मन्त्रालयमा आज एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. हेमराज शर्मासहित प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खनालले एनआरएनएले विदेशमा रहेका नेपाली समुदायलाई एकीकृत गरी विपद् व्यवस्थापन तथा पुनर्निर्माणमा परिचालन गर्ने पहल स्वागतयोग्य रहेको बताउनुभयो ।

उहाँले यसका लागि परराष्ट्र मन्त्रालयले एनआरएनएसँग निरन्तर समन्वय, सहकार्य र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री खनालले हालको विपद् सामान्य बाढीभन्दा फरक र अत्यन्त ठूलो प्रकृतिको रहेको उल्लेख गर्दै रसुवा र नुवाकोटका धेरै बस्तीमा ठूलो जनधन तथा भौतिक पूर्वाधारको क्षति भएको बताउनुभयो ।

यति ठूलो विपद्को पुनःस्थापना तथा पुनःनिर्माण नेपाल सरकारले मात्र गर्न नसक्ने भन्दै उहाँले राहतसँगै पुनःस्थापना र पुनर्निर्माणका सबै चरणमा एनआरएनए र अन्तरराष्ट्रिय समुदायसँग सहकार्य आवश्यक रहेको बताउनुभयो ।

मन्त्री खनालले एनआरएनएले स्थानीय सरकार तथा सम्बन्धित निकायसँग समन्वय गरी राहत वितरण गर्न सक्ने र राहत वितरणअघि तथा पछि आवश्यक विवरण सरकारलाई उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

उक्त अवसरमा एनआरएनए अन्तरराष्ट्रिय समन्वय परिषद्ले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड हस्तान्तरण गरेको थियो । एनआरएनएका अध्यक्ष डा शर्मासहितको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री खनाललाई उक्त रकम हस्तान्तरण गरेको हो ।

एनआरएनएका पदाधिकारी तथा अभियन्ता र विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसिसी)बाट सङ्कलित रकममध्ये पहिलो चरणमा उक्त रकम कोषमा हस्तान्तरण गरिएको सङ्घले जनाएको छ ।

उक्त एक करोड रुपियाँ रकम एनआरएनएले कोषको खातामा जम्मा गरिसकेको छ । एनआरएनएले विपद्बाट प्रभावित नागरिकलाई राहत तथा मानवीय सहयोगका लागि रु पाँच करोड सहयोग गर्ने घोषणा गरेको थियो । रासस