५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
अ+ अ-

काठमाडौँ। प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट १६ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले आइतबार र आज गरी काठमाडौँ, कञ्चनपुर, बाँके, पाल्पा, कैलाली, मोरङ, दाङ र बर्दियाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको हो ।

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले काठमाडौँको महानगरपालिका-७ चावहिलस्थित समाज गेष्ट हाउसबाट नियन्त्रित लागुऔषध डाइजेपाम ११४ एम्पुल, फेनारगन ११३ एम्पुल, नोर्फिन ११३ एम्पुल र नगद रु २५ हजारसहित तीन जनालाई पक्राउ गरेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-११ बाट धनगढी उपमहानगरपालिका-१२ बस्ने २२ वर्षीय दिपकबहादुर चन्द, भीमदत्त नगरपालिका-११ बाट कैलालीको गोदावारी नगरपालिका-४ बस्ने २६ वर्षीय प्रभाष मल्ल र डोटीको जोरायल गाउँपालिका-१ बस्ने २६ वर्षीय विक्रम पातली पक्राउ परेका प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१० ट्राफिक चोकबाट ब्राउनसगुर जस्तो देखिने पदार्थ ३ ग्राम १७ मिलिग्रामसहित भारतको उत्तर प्रदेश घर भएका २४ वर्षीय अकिल शाह तथा पाल्पाको तिनाउ गाउँपालिका-३ पैठेडाँडाबाट गुल्मीको रेसुङ्गा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अङ्कित खड्का, २५ वर्षीय मेहरसिंह राना र २६ वर्षीय एकराज पन्थी पक्राउ परेका प्रहरीले जनाएको छ ।

कैलालीको टीकापुर नगरपालिका-३ बाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ८१० मिलिग्रामसहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरसहित दुई जना तथा टीकापुर नगरपालिका-१ समितिपुरबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ९१० मिलिग्रामसहित सोही ठाउँ बस्ने १६ वर्षीय किशोर पक्राउ परेका इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

मोरङको पथरीशनिश्चरे नगरपालिका-१० शिबिरडाँडाबाट एक, दाङको लमही नगरपालिका-६ देउपुरबाट लमही-७ का २५ वर्षीय परीवर्तन बुढामगर र बर्दियाको गुलरिया नगरपालिका-११ गणेशपुरबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ७२० मिलिग्रामसहित गेरूवा गाउँपालिका-२ बस्ने २५ वर्षीय विनोद सुनारलाई प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय समाचार कक्षले जनाएको छ । रासस