५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

विपद् व्यवस्थापनमा सरकार पूर्ण सक्रिय छ, राहत र उद्धारमा कुनै कमी हुँदैनः प्रवक्ता पोखरेल

विपद् व्यवस्थापनमा सरकार पूर्ण सक्रिय छ, राहत र उद्धारमा कुनै कमी हुँदैनः प्रवक्ता पोखरेल
अ+ अ-

काठमाडौँ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बाढीपहिरो प्रभावित क्षेत्रमा राहत वितरण र उद्धार कार्यमा सरकार पूर्ण रूपमा प्रतिवद्ध रहेको बताउनुभएको छ ।

सोमवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा भोटेकोशी बाढी र त्यसपछिको अवस्थाबारे जानकारी दिँदै मन्त्री पोखरेलले राहत वितरण गर्न नसकेको वा सरकारले जिम्मेवारीबाट हात झिकेको भन्ने कुरा पूर्णतः निराधार र भ्रामक रहेको स्पष्ट पार्नुभयो ।

मन्त्री पोखरेलकाअनुसार राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकारले तीनै तहका निकायबीच समन्वय गरिरहेको छ । यसै सिलसिलामा भदौ १४ गते बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा र विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखबीच छलफल भएको हो ।

‘विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन, २०७४’ बमोजिम नागरिकको खोज, उद्धार र राहतमा प्रदेश तथा स्थानीय तहको भूमिकालाई समेत प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेर उक्त छलफल भएको उहाँले जानकारी दिनुभयो ।

विदेशी सञ्चारमाध्यमको पहुँच र सूचनामा रोक लगाइएको भन्ने जिज्ञासाको खण्डन गर्दै मन्त्री पोखरेलले हवाई सुरक्षा र अत्यधिक ‘एयर ट्राफिक’का कारण उडान सुरक्षालाई ध्यानमा राखेर केही व्यवस्थापन मात्र गरिएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘उद्धारका लागि हवाई सुरक्षाको प्राविधिक मापदण्ड पालना गर्नुपर्ने भएकाले उडानहरू व्यवस्थित गरिएको हो, यसलाई अन्यथा नलिन अनुरोध गर्दछु ।’

अन्तर्राष्ट्रिय सहयोगका सन्दर्भमा परराष्ट्र मन्त्रालयमार्फत निरन्तर समन्वय भइरहेको जानकारी दिँदै प्रवक्ता पोखरेलले हाल भारत, चीन र कोरिया लगायतका मुलुकका उद्धार टोलीहरू प्रभावित क्षेत्रमा सक्रिय रहेको बताउनु भयो । सरकारको अबको मुख्य प्राथमिकता उद्धार र राहतसँगै स्थायी पुनस्र्थापनामा केन्द्रित हुने उहाँले उल्लेख गर्नुभयो । मुख्य राजमार्ग, पुल, विद्युत् तथा सञ्चार माध्यमको पुनः सञ्चालनका लागि सरकारले योजनावद्ध रूपमा काम अघि बढाइसकेको उहाँको भनाइ छ ।

विपद्को यस संवेदनशील समयमा अपूरो वा असत्य सूचनाले उद्धार कार्य र आम नागरिकको मनोबलमा नकारात्मक असर पार्न सक्ने भन्दै मन्त्री पोखरेलले आधिकारिक निकायबाट पुष्टि भएका तथ्यहरू मात्र संप्रेषण गर्न सञ्चारकर्मी र मिडिया हाउसहरूलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार आफ्ना नागरिकको साथमा छ र हामी चाँडै नै यो संकटबाट बाहिर निस्कनेछौँ ।’ प्रभावित क्षेत्रमा राहत र उद्धारको काम चौबिसै घण्टा जारी रहने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल