२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य बढ्नेक्रम जारी, बिहिबार कतिमा भइरहेको छ कारोवार ?



अ+ अ-

काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । बिहिबार सुन तोलामा एक हजार बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ८८ हजार ६ सयमा कारोबार भएको सुन बिहिबार ८९ हजार ६ सयमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार तेजावी सुन ८९ हजार १ सय ६५ रुपियाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य पनि बढेको छ । 

आज चाँदीको मूल्य ९ सय ५० पुगेको महासंघले जनाएको छ ।