२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै News Polar राष्ट्र बैंकद्वारा विदेशी भुक्तानीको सीमा वृद्धि, उपचारदेखि हवाईजहाजका पार्टपुर्जासम्ममा सहजीकरण News Polar विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’ News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान News Polar ‘नागरिक स्पेस’ को खोजी’– अहिले ? …कहिले ? News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला

कोरोनाभाइरस र सेक्स : यस्ता छन् केही महत्वपूर्ण जिज्ञाशाहरु

कोरोनाभाइरस र सेक्स : यस्ता छन् केही महत्वपूर्ण जिज्ञाशाहरु
अ अ+ अ-

काठमाण्डौ । यतिबेला विश्व महामारी कोरोनाभाइरसले विश्वभर सन्त्रास फैलाइरहेको छ। कोरोनाभाइरसको संक्रमणबाट विभिन्न किसिमका उपायहरु पनि अवलम्बन गर्न सुरु भइसकेको छ। 

विश्वभरका मानिस यतिबेला कोरोनाको संक्रमणबाट बच्न मास्क र सेनिटाइजरको प्रयोग गरिरहेका छन्। अधिकांश देश आफ्ना जनतालाई सुरक्षित गर्न लकडाउन गरिएका छन्। मानिसहरु घरबाहिर निस्किन पनि डराइरहेका छन्। मानिसको खानपान र जीवनशैलीमा निकै फेरबदल आइरहेको छ।

कोरोनाभाइरसले हाम्रो दैनिक जीवनमा नराम्ररी प्रभावित पारिरहेको छ। यस्ता अनगिन्ती प्रश्नका बीच कोरोनाले यौनजीवनमा पार्ने असरबारेका प्रश्न उब्जिनु स्वभाविकै हो।

कोरोना र यौनजीवनमा यसको असरका विषयमा बीबीसीले तयार पारेको यो रिपोर्ट पढौँ– 

के यौन सम्पर्कका कारण कोरोनाभाइरस सङ्क्रमण सर्न सक्छ ?

यसबारे तपाईँले सोच्नुभएको होला तर सङ्कोच लागेर प्रश्न नगर्नु भएको पनि हुन सक्छ। यस विषयमा सही र गलत कुरा छुट्यावन बीबीसी रेडिओ वनको न्यूजबीटले यो प्रश्न विज्ञहरूलाई राखेको छ।

डा। एलेक्स जर्ज चिकित्सक हुन् भने यौन विषयमा पत्रकारिता गर्ने एलिक्स फक्स बीबीसी रेडिओकी पूर्वप्रस्तोता हुन्। 

के कोरोनाभाइरस महामारीको समयमा यौन सम्पर्क सुरक्षित राख्नु सुरक्षित हुन्छ ?

डा. एलेक्स जर्जः यदि तपाईँ सम्बन्धमा हुनुहुन्छ र त्यो मानिससँगै बस्नुहुन्छ र एउटै वातावरणमा रहनुहुन्छ भने तपाईँले यौन व्यवहारमा परिवर्तन गर्नुपर्दैन। तर यदि तपाईँहरूमध्ये एक जनामा कोरोनाभाइरसको लक्षण देखिएको छ भने तपाईँले घरमै पनि एकान्तवासमा बस्नुपर्छ। सबैभन्दा राम्रो त घरभित्रै पनि सबै जना एकअर्काबाट दुई मिटरको दूरीमा बस्नुपर्छ तर त्यो सधैँ सम्भव नहुन सक्छ।

एलिक्स फक्सः आफूलाई लक्षण देखिँदा आफ्नो सहवासीलाई पनि देखिन्छ भनेर सोच्नु हुँदैन। यदि तपाईँलाई लक्षण देखिएको छ भने टाढा रहनु नै उचित हुन्छ।

नयाँ मानिससँग यौन सम्पर्क राख्नु हुन्छ ?

डा. एलेक्स जर्जः म यो अवस्थामा नयाँ मानिससँग यौन सम्पर्क राख्ने सल्लाह दिन्नँ। किनभने त्यसो गर्दा कोरोनाभाइरस सर्न सक्ने सम्भावना हुन्छ।

एलिक्स फक्सः के नबिर्सिनुहोस् भने कोरोनाभाइरस भएका केही मानिसहरूमा लक्षण देखिएको हुँदैन। त्यसैले तपाईँ एकदमै ठिक देखिनुभएको छ भने पनि तपाईँबाट अरूमा चुम्बनबाट पनि भाइरस सर्न सक्छ।

पहिले मैले कन्डम प्रयोग गरेको थिइनँ। के अब गर्नुपर्ला ?

एलिक्स फक्सः यसको उत्तर तपाईँ किन पहिले कन्डम लगाउनु हुन्नथ्यो भन्ने कुरामा निर्भर हुन्छ। 

यदि तपाईँहरू दुवै जनालाई कुनै यौन रोग नभएको वा गर्भाधान नहोस् बनेर अन्य उपाय अवलम्बन गरिएकाले कन्डम प्रयोग नगरेको भए केही फरक पर्दैन। तर यदि तपाईँ अन्य प्राकृतिक उपाय ( जस्तो वीर्य स्खलन गर्ने वा एकअर्कालाई यौन रोग छैन भन्ने विश्वासमा कन्डम नलगाउनुभएको हो भने अब कन्डम लगाउनु नै उचित होला।

के यौनाङ्ग छोएका कारण कोरोनाभाइरस सर्छ ?

डा. एलेक्स जर्जस् यदि तपाईँ एकअर्काको यौनाङ्ग छुनुहुन्छ भने त्यो समयमा तपाईँहरूले चुम्बन गर्ने सम्भावना ज्यादा हुन्छ र हामीलाई थाहा छ भाइरस थुकबाट सर्छ।

मुखबाट हातमा, हातबाट यौनाङ्गमा, यौनाङ्गबाट हातमा र त्यसपछि हातबाट नाकमुखमा भाइरस सर्न सक्छ। अहिलेको अवस्थामा भाइरस सर्न सक्ने सबै खाले कुराहरू नगर्नु नै उचित हुन्छ। त्यसैले तपाईँसँगै नबसेका साथीसँग यो पनि नगर्नु नै उचित हुन्छ। – बीबीसी नेपाली सेवाबाट