२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै News Polar राष्ट्र बैंकद्वारा विदेशी भुक्तानीको सीमा वृद्धि, उपचारदेखि हवाईजहाजका पार्टपुर्जासम्ममा सहजीकरण News Polar विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’ News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान News Polar ‘नागरिक स्पेस’ को खोजी’– अहिले ? …कहिले ? News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला

लिपुलेक विवादमा चीनले नेपाललाई उक्साएको छैन, भारतको कमजोरी : पूर्वराजदूत राकेश सुद

लिपुलेक विवादमा चीनले नेपाललाई उक्साएको छैन, भारतको कमजोरी : पूर्वराजदूत राकेश सुद
अ अ+ अ-

काठमाडौं । चीनको उक्साहटमा नेपालले सीमा विवाद बढाएको भन्ने भारतीय मिडियाको आरोपलाई नेपालका लागि भारतका पूर्वराजदूत राकेश सुदले खण्डन गरेका छन् । बीबीसी हिन्दीसँगको कुराकानीमा उनले नेपाल भारत सीमा विवादमा चीनको कुनै प्रकारको भूमिका नरहेको बताएका हुन् । 

नेपाल–भारत सीमा विवादमा नेपालाई चीनले कहिल्यै साथ नदिएको भन्दै उनले बीबीसीलाई भनेका छन्, ‘मलाई लाग्दैन यस विवादमा चीनको कुनै हात छ। किनकि नेपाल भारतबीचको सीमा विवादको विषयमा चीनले नेपाललाई कहिल्यै साथ दिएको छैन ।’

तर, चीनले लिपुलेक भारतको मान्दै आएको पूर्वराजदूत सुदले बताए । उनकाअनुसार सन् २०१५ मा प्रधानमन्त्री चीन जाँदा होस् या चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ भारत आउँदा किन होस्, लिपुलेकलाई भारतकै मानेर सम्झौता भएको हो ।

नेपाल–भारतबीच देखिएको सीमा विवाद अन्त्यका लागि राजनीतिक स्तरमा वार्ता गर्नुपर्ने आवश्यकता औंल्याएका सुदले पछिल्लो पटक देखिएको लिम्पियाधुरा, कालापानी र लिपुलेकको सीमा विवादमा भारतको गल्ती भएको स्पष्ट पारेका छन् । वार्ता र सम्वादमा सहभागी हुन नसकेको भारतले कालापानी, लिपुलेकमा सडक बनाएर उद्घाटन गरेपछि विवाद चुलिएको उनको विश्लेषण छ । 

बीबीसी हिन्दी टेलिभिजनको कभर स्टोरी कार्यक्रमलाई अन्तर्वार्ता दिएका पूर्वराजदूत सुदले भनेका छन्, लिम्पियाधुरा, कालापानी र  लिपुलेक विवादमा भारतको केही कमजोरी भएको छ। दुई देशबीच हुने भनेको सचिवस्तरीय वार्ता हुन सकिरहेको थिएन। यस्तोमा नेपालमा भारतले वार्ता टारिरहेको शंका उब्जियो। रक्षामन्त्री राजनाथ सिंहले सडक उद्घाटन गरेपछि शंका यकिनमा बदलियो।’

साथै कोरोनाको संकटमा टेलिफोन वा भिडियो कन्सफ्रेन्स मार्फत् वार्ता हुनु पर्ने, तर नहुनुमा भारतको गल्ती रहेको उनले संकेत छ ।