२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै News Polar राष्ट्र बैंकद्वारा विदेशी भुक्तानीको सीमा वृद्धि, उपचारदेखि हवाईजहाजका पार्टपुर्जासम्ममा सहजीकरण News Polar विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’ News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान News Polar ‘नागरिक स्पेस’ को खोजी’– अहिले ? …कहिले ? News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला

विभिन्न हत्या र आत्महत्याका घटनाको निष्पक्ष छानबिन गर्न राष्ट्रियसभा सदस्यहरुको माग

विभिन्न हत्या र आत्महत्याका घटनाको निष्पक्ष छानबिन गर्न राष्ट्रियसभा सदस्यहरुको माग
अ अ+ अ-

काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले समसामयीक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै पछिल्लो समय घटेका विभिन्न हत्या र आत्महत्याका घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।  

राष्ट्रियसभाको बिहीबारको बैठकमा शुन्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्यहरुले हत्या तथा आत्महत्याका घटनाका सम्बन्धमा प्रभावकारी अनुसन्धान हुन नसकेको, हजारौं व्यक्तिहरुले रोजगारी गुमाएको, विद्युत छुटमा सरकारले गरेको निर्णय कार्यान्वयन गर्न नसकेको लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

नेपाली कांग्रेसकी राष्ट्रिय सभा सदस्य तारादेवी भट्टले पछिल्लो समय भएका हत्या र आत्महत्याका घटनाहरुमा प्रभावकारी रुपले अनुसन्धान नभएको जनगुनासो आएकाले दोशिलाई कडा कारबाही गर्न सरकारसँग माग गर्नुभयो । उहाँले लकडाउन अवधिको समयमा सरकारले विद्युत महसुलमा छुट दिने निर्णय गरेपनि व्यवहारमा पुरानै शुल्क लिएको बताउनुभयो । यस्तै नेपाल टेलिकमले छुट दिने घोषाणा गरेपनि अहिले सम्म एकरुपैयाँ समेत छुट नदिएको बताउनुभयो ।

नेपाली कांग्रेसकी अनिता देवकोटाले रुकुममा नवराज विकको हत्याको घटना सेलाउन नपाउँदै सप्तरीमा एकजना दलित माहिलालाई बोक्सीको आरोपमा कुटपिट गरिएको बताउनुभयो । घटनापछि पीडितलाई मेलमिलाप गर्ने भन्दै स्थानीय तहले उजुरी दर्ता गर्न नदिएको भन्दै सबैलाई कारबाहीको माग गर्नुभयो । उहाँले घटना प्रकृति फौजदारी अपराध भएकोले अपराध गर्नेलाई कडा कारबाही हुनुपर्ने बताउनुभयो ।  

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उदया शर्मा पोडेलले कोरोना भाइरसको महामारीका कारण बेरोजगारी र भोकमरीबाट प्रताडित भई जेठ २६ गते अछामको बयलपाटा अस्पतालमा रोजगारी खोसिएका सिद्धार्थ आउसीले आत्मदाह गरेको बताउनुभयो । निजी क्षेत्रमा रहेका श्रमिकहरु, करार सेवामा रहेका कर्मचारी, निजी स्रोतमा चलेका शिक्षकहरु लगायतको रोजगारी खोसिएको भन्दै त्यसलाई रोक्न माग गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की कोमल ओलीले त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि रहदै आएका आंशिक प्राध्यापकहरुलाई २०७४ मंसिर ८ गतेको मन्त्रिपरिषद्को बैठकले करार गर्ने निर्णय गरेको तर अहिले सम्म कार्यान्वयनमा नआएको बताउनुभयो । उहाँले आंशिक प्राध्यापकहरुलाई करार गर्ने या नगर्ने भन्ने विषयमा शिक्षा मन्त्रालयले स्पस्ट पार्नुपर्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की गंगाकुमारी बेलबासेले लकडाउनलाई खुकुलो गर्ने निर्णय भएपछिको अवस्थामा महानगर र साझा यातायातहरुलाई व्यवस्थित रुपमा चलाउन माग गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का चक्रप्रसाद स्नेहीले अछाममा अस्पतालमा रोजगारी गुमाएर आत्महत्या गर्न पुगेका व्यक्तिका परिवारलाई क्षतिपूर्तिको माग गर्नुभयो । उहाँले रुपन्देहीको पशु फार्ममा सामुहिक रुपमा ५ जनाको हत्या भएको घटनामा मानसिक सन्तुलन ठिक नभएका व्यक्तिले हत्या गरेको कुरा विश्वसनीय नभएकोले छानविन गर्नुपर्ने बताउनुभयो ।