२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै News Polar राष्ट्र बैंकद्वारा विदेशी भुक्तानीको सीमा वृद्धि, उपचारदेखि हवाईजहाजका पार्टपुर्जासम्ममा सहजीकरण News Polar विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’ News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान News Polar ‘नागरिक स्पेस’ को खोजी’– अहिले ? …कहिले ? News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला

संघीय मामिलाले सुरु गर्योे अनलाईन प्रशिक्षण

संघीय मामिलाले सुरु गर्योे अनलाईन प्रशिक्षण
अ अ+ अ-

काठमाडौं । सरकारले कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी नेतृत्व प्रदान गर्ने उद्देश्य साथ स्थानीय पदाधिकारीका लागि अनलाईन प्रशिक्षण सुरु गरेको छ ।  

संकट समाधानका लागि स्थानीय सरकारको नेतृत्वकर्ताहरु नै सक्षम हुनुपर्ने निष्कर्षका साथ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्रिभुवन विश्वविद्यालय र इन्सिच्युट अफ क्राईसिस म्यानेजमेण्ट स्टडिज मार्फत प्रशिक्षण सुरु गरेको हो । कोभिड १९ को संक्रमणबाट  जोखिन सामाजिक दुरी कायम गर्नुपर्ने र ठुलो जमघट गर्न नहुने अवस्थालाई मध्यनजर गर्दे मन्त्रालयले अनलाईन प्रशिक्षण सुरु गरेको हो । नगरपालिकाका उपमेयरहरु स्थानीय सरकारका न्यायीक समितिका अध्यक्ष हुने भएकाले प्रशिक्षणमा उनीहरुलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ । स्थानीय सरकारका प्रतिनिधिहरुका लागि जोखिम आपतकालीन र संकट संचार विषयमा दैनिक ३ घण्टाका दरले ५ दिन सम्म प्रशिक्षण दिईने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रमेश अधिकारीले जानकारी दिनुभयो । जुमबाट संञ्चालन गरिएको प्रशिक्षणमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञहरुले प्रशिक्षण दिनेछन् । कोभिड १९ र त्यसबाट उत्पन्न समस्याको प्रभावकारी र व्यवस्थित सम्बोधन गर्ने विषयमा संकटका विभिन्न आयाम, त्यसले पार्ने प्रभाव र सम्बोधन गर्नुपर्ने विषयबारेमा प्रशिक्षण दिईने जानकारी गराईन्छ । उहाँले प्रशिक्षण कक्षमा १५ जना सहभागी राखिएको र जुम मार्फत ८० प्रतिशत भन्दा बढी स्थानीय प्रतिनिधिलाई समावेश गराईएको जानकारी दिनुभयो ।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे युएनडिपीका आवासीय प्रतिनिधि आइशानी लाबेले उत्थानशील एंव दिगो समुदाय निर्माणमा युएनडिपीको राष्ट्रिय तथा अन्तराष्ट्रिय  सहकार्यका विषमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममासंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सहसचिव जय नारायण आचार्य, उपसचिव रमेश अधिकारी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डाक्टर विकास देवकोटा, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतम लगायतले संकटमा नेतृत्वले ध्यान दिनुपर्ने विषयमा प्रशिक्षण दिएका थिए । ५ दिन सम्म चल्ने अनलाईन प्रशिक्ष्णमा संकटमा सञ्चार र जोखिममा परेकाहरुसंगको संवाद, राष्ट्रिय सुरक्षा र संकटमा आकस्मिक सेवा, आकस्मिक जनस्वास्थय र स्थानीय तहको भूमिका, संकटमा नेतृत्व विषयमा जानकारी दिईने छ ।