२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै News Polar राष्ट्र बैंकद्वारा विदेशी भुक्तानीको सीमा वृद्धि, उपचारदेखि हवाईजहाजका पार्टपुर्जासम्ममा सहजीकरण News Polar विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’ News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान News Polar ‘नागरिक स्पेस’ को खोजी’– अहिले ? …कहिले ? News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला

दलित पत्रकार सङ्घकाे ठहरः “सोती हत्याकाण्ड जातीय विभेदको पराकाष्ठ”

दलित पत्रकार सङ्घकाे ठहरः “सोती हत्याकाण्ड जातीय विभेदको पराकाष्ठ”
अ अ+ अ-

काठमाडौंः राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ मा गत जेठ १० गते भएको घटना जातीयताकै कारण सुनियोजित तरिकाले भएको ठहर गरेको छ ।

सङ्घको आयोजनामा एक अध्ययन टोलीले गरेको स्थलगत अध्ययन प्रतिवेदन अनुसार घटना सुनियोजित तरिकाले षड्यन्त्रमूलक ढङ्गबाट भएकोले गहन तरिकाले अध्ययन गर्न सरकारलाई सुझाव दिएको छ ।

सदस्यहरु अधिवक्ता बद्रीप्रसाद भुषाल, दलित अधिकारकर्मी गोपाल नेपाली, भीम घिमिरे, चिन्ता परियार र सङ्घका उपाध्यक्ष गोपाल बराइली संयोजक रहेको अध्ययन समितिले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतिवेदन सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको प्रतिवेदनमा घटनामा संलग्न व्यक्तिहरुलाई हदैसम्मको कानूनी कारवाही गर्नुपर्ने सुझाव दिएको छ ।  

यही जेठ १० गते रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुश्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीको घरमा जादैगर्दा स्थानीयले कुटपिट गरी हत्या गरिएको पीडित परिवारको भनाइ छ ।  

मृतक नवराजसँगै अन्य पाँच जनाको पनि मृत्यु भएको थियो । प्रतिवेदनमा भनिएको छ,“यो जातीय विभेदकै कारण सामुहिक हत्या भएका कारण मृतक ६ जनालाई सांस्कृतिक सहिद घोषणा गर्नुपर्छ ।” निष्पक्ष रुपमा छानविन गरी दोषीलाई हँदैसम्मको कानूनी कारवाही गर्न माग दलित समुदायले विभिन्न जिल्लामा प्रदर्शनसमेत गर्दै आएको छन् ।

अध्ययन टोलीको बृहत छलफल तथा अन्तरक्रियाका आधारमा सोती हत्या काण्ड जातीय विभेदको पराकाष्ठ भएको ठहर गरेको छ । प्रतिवेदनमा उल्लेख गरिएको निश्कर्षमा भनिएको छ,उक्त घटनाको जड अन्तरजातीय प्रेम रहेको कुरामा कसैले पनि नकार्न सक्दैन । जातका आधारमा घटित उक्त घटना पुर्व योजनाअनुसार चारैतिरबाट घेरेर, जाजरकोट जोड्ने कालेगाँउको पुलमा थुन्नुका साथै केही व्यक्तिहरु फुटबल खेल्ने निहुँमा भेरी पारी पुगेको देखिन्छ ।

घटनाको प्रकृति, घाइतेहरुको भनाई, आफन्तहरुको भनाई, स्थानीय सरकार, नेपाल प्रहरी तथा घटनाको पृष्ठभूमि हेर्दा उक्त घटना नियोजित रुपमा भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त हत्यालाई लकडाउन उलंघन गरेको तथा भागदौडका क्रममा आफैँ भेरीमा हाम फालेको वारदात कायम गराउने परिपञ्च स्वरुप आएको देखिन्छ । घटनाको जरिया (जड) अन्तरजातीय प्रेमसम्बन्ध नै देखिन्छ । जातीय विभेद तथा छुवाछूत कै कारण उक्त प्रेम सम्बन्ध अस्विकार्य भई सामुहिक हत्या भएको देखिन्छ ।

अध्ययन समितिका संयोजक गोपाल बराईलीले प्रतिवेदन सार्वजनिक गर्दै वाचन गरेर सुनाएका थिए । उनले घट्नामा संलग्न दोषीहरुलाई हदैसम्मको कारबाही गर्नुपर्ने आफुहरुको उद्देश्य रहेको सुनाए । त्यस्तै, उनले आफूहरुले कसैको प्रभाव र सहयोग नलिईकन घट्नाको अध्ययन गरेको र प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको स्पष्ट पारे । र, उक्त घट्नामा १८ जना युवाहरुमध्ये एक जनाले पनि प्रतिकार नगरेको बराईलीले स्थलगत अध्ययनबाट थाहा पाएको सुनाए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले जातीय विभेदकै कारण प्रेम सम्बन्धलाई चूनौति दिईएको र धरापमा पारिएको र त्यही श्रृंखलाको कडीको रुपमा ६ जनाले ज्यान गुमाउनु परेको स्पष्ट तस्विर आफूहरु काठमाडौंमा बस्नेले पनि बुझ्न सकेको सुनाए ।

उनले भने,‘त्यही कारणले सञ्चारमाध्यमहरुले कुनैपनि विषय र तथ्यलाई बंग्याउनुहुँदैन् । हाम्रो धर्म भनेको न्याय नपाएकहरुलाई न्याय दिने हो । आवाजविहीनहरुको आवाजलाई मुखरित गर्ने पेशा भएकोले हामीले जे कुरा हो, स्पष्ट तस्विर राख्नुपर्छ ।’ आफूहरु पत्रकारमात्रै नभएर गलत, शोषण, अत्याचारविरुद्धको अभियन्तापनि भएको उनले सुनाए ।

त्यस्तै, अध्ययन टोलीका सदस्य बद्री भुषालले गत बैशाख १७ गते नवराज बिक प्रेमिकाको घर रुकुमपश्चिम चौरजहारी नगरपालिकाको सोती गाउँमा जाँदा त्यही गाउँका स्थानीय युवा विनोद मल्लले नवरालाई झापड हानेको उल्लेख गरे । र, सोही दिन वडाअध्यक्षको एक कल फोनको भरमा नवरालाई २४ घण्टासम्म थुनामा राखिएको पनि उनले सुनाए । भुषालले यो घट्नाको अनुशन्धानमा राजनीतिक हस्तक्षेप गरिएको पनि आरोप लगाए ।

उनले यो घट्नामा नियोजित रुपमा र भौतिक रुपमा प्रत्यक्ष संलग्न दोषीहरुलाई कडाभन्दा कडा सजाय हुनुपर्नेमा जोड दिए । पत्रकार सम्मेलनको सञ्चालन भने भीम घिमिरेले गरेका थिए ।

अध्ययन समितिले अघि सारेका सुझाव यस्ता छन्ः

–    घटना सुनियोजित तरिकाले षड्यन्त्रमुलक ढंगबाट भकोले गहन तरिकाले घटनाको अनुसन्धान गर्नु पर्नु देखिन्छ ।
–    हत्यामा संलग्न व्यक्तिहरु र हत्याका मतियारलाई हदैसम्मको कानुनी कारवाही गरिनुपर्दछ ।  
–    जातीय विभेदका कारण हुने हत्या, हिंसाविरुद्ध सबै राजनीतिक दल, संचारमाध्यम, नागरिक समाजको एकीकृत पहलकदमीको आवश्यकता रहेको देखिन्छ ।
–    उक्त घटना जातीय भेदभावबाट अभिप्रेरित भई स्वतन्त्र रुपमा बाँच्न पाउने अधिकार, आत्मसम्मान, मानवीय मर्यादा, अविभेद, न्याय र समानता जस्ता मानवअधिकारका मुलभुत सिद्धान्त विपरित घटाइएको हुँदा राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय दलित आयोगलगायत मानअधिकारका क्षेत्रमा कार्य गर्ने सबै संघ संस्थाहरु समेत संवेदनशील भई निष्पक्ष छानविन तथा कडा भन्दा कडा कानूनी कारवाहीका लागि संयुक्त रुपमा पहल गरिनुपर्ने देखिन्छ ।

–    मृतकको परिवार तथा उक्त घटनाका घाइते तथा प्रत्यक्ष देख्ने साक्षी, सर्जमिनका व्यक्तिहरु, मौकामा कागज गर्ने व्यक्तिहरुको जिउ ज्यानको सुरक्षाको ग्यारेन्टी गरिनुपर्दछ ।
–    घटनामा संलग्न अन्य व्यक्ति तथा आशंका गरिएका व्यक्तिहरु साथै फरार भएर व्यक्तिलाई तुरुन्त प्रक्राउ गरियोस ।
–    नेपाल सरकारले मृतकका परिवारलाई उचित क्षतीपुर्ति तथा घाइतेहरुको उचित मनोपरामर्श तथा उपचारको व्यवस्था गर्नुपर्ने देखिन्छ ।
–    घटनामा संलग्न सबै ओपितहरुलाई गरिफ्तार गरी विद्यमान कानूनी प्रक्रियाअनुसार गहन अनसन्धान गरी फौजदारी अपराध तथा जातीय भेदभाव तथा छुवाछूत ऐनअन्र्तगत सजाय गरिनुपर्ने ।
–    भविश्यमा यस्ता प्रकारका घटनहरु दोहोरिन नदिन नेपाल सरकारले रणनीतिक योजना तथा कार्यक्रम सहित अन्तरजातीय प्रेम तथा विवाहलाई सामाजिक मान्यता दिने किसिमका कार्यक्रम गर्नुपर्ने ।
–    अन्तरजातीय प्रेम एवं विवाहको मुद्दामा विद्यमान कानूनी व्यवस्थामा पुनरावलोकन गर्नका लागि तत्काल पहल गरिनुपर्ने ।  
–    यो जातीय विभेदकै कारण सामुहिक हत्या भएका कारण मृतक ६ जनालाई ‘साँस्कृतिक सहिद’ घोषणा गरिनुपर्ने ।