२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै News Polar राष्ट्र बैंकद्वारा विदेशी भुक्तानीको सीमा वृद्धि, उपचारदेखि हवाईजहाजका पार्टपुर्जासम्ममा सहजीकरण News Polar विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’ News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान News Polar ‘नागरिक स्पेस’ को खोजी’– अहिले ? …कहिले ? News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला

व्यवसायी भन्छन्ः “लकडाउनको मोडालिटी परिवर्तन स्वागतयाेग्य”

व्यवसायी भन्छन्ः “लकडाउनको मोडालिटी परिवर्तन स्वागतयाेग्य”
अ अ+ अ-

काठमाडाैंः उद्योगी व्यवसायीहरुले सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरी व्यवसाय सञ्चालन गर्न दिने निर्णयको स्वागत गरेका छन् ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि लामो समय लकडाउन हुँदा उद्योग व्यवसायमा ठूलो क्षति भएको र सरकारले असार १ गते देखि सञ्चालन गर्न दिने निर्णय गरेपछि उद्योगी व्यवसायीहरुले स्वागत गरेका छन् । उद्योगी व्यवसायीहरुले आफुहरुले दुई साता यता लकडाउनको मोडालिटी परिवर्तन गरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गर्दै आएको अवस्थामा सरकारले चरणवद्ध रुपमा आर्थिक क्रियाकलापलाई सञ्चालन गर्ने निर्णय गर्नु सकारात्मक भएको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक गतिविधिलाई चलायमान गर्न गरेको पछिल्लो निर्णय सकारात्मक भएको बताउनुभएको छ । उहँले भन्नुभयो ‘आइतबारदेखि लकडाउन खुकुलो गर्ने भन्ने थियो तर हिजो क्याबिनेट बसेर हामीले सबै न्यजहरुमा सन्नपायौं कि अब सबै उद्योग व्यवसाय केही बाहेक सबै व्यवसाय पनि चल्ने, जोर बिजोर गरी गाडि पनि चल्ने, हामीले त ११ देखि साढे पाँच भनेका थियौं तर सबै ९ बजेसम्मै गरिदिएकोले यसमा हामी सरकारलाई आर्थिक गतिविधिलाई चलायमान गर्नलाई यो अलि खुकुलो बनायो हामी प्रशंसा, सराहनिय र स्वागत पनि गर्छौं ।’

अध्यक्ष श्रेष्ठले उद्योग व्यवसाय सञ्चालन गर्न दिएपछि स्वास्थ्य सुरक्षाको सावधानी अपनाउने सम्बन्धमा सरकारले अनुगमन गरी सबैलाई सचेत गराउनुपर्ने बताउनुभयो । उहाँले सरकारले अर्थतन्त्र चलायमान बनाउन निर्णय गरे जसरी नै उद्योगी व्यवसायीलाई कर, बैंककको ब्याजदर, सहुलियतपूर्ण कर्जा लगायतका विषयमा समेत अझबढी सहयोग गर्ने प्याकेज ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिबाट उद्योगी व्यवसायीका समस्या सम्बोधन हुनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोरले कोभिड १९ संक्रमण्को रोथामका लागि रेड जोन, यल्लोजोन र ग्रिन जोन क्षेत्र निर्धारण गरी सबै उद्योग व्यवसायलाई सञ्चालन गर्न दिनुपर्ने बताउनुभयो । उहाँले सरकारले पछिल्लो पटक गरेको निर्णय उद्योगी व्यवसायीको हितमा रहेको बताउनुभो । उहाँले भन्नुभयो ‘इकोनोमिलाई विभिन्न जोनहरु बनाएर हुन्छकी रेडजोन, ग्रिन जोन, यल्लोजोन ओरेन्ज जोन जस्तो बनाएर जहाँजाहाँ कम समस्याहरु छन त्यहाँ खुकुलो नगरिकना हामीकहा सुख छैन् भनेर हामीले विगतमा धेरैवटा कमिटिहरुमा, उत्तस्तरीय समन्वय समितमिा पनि हामीले कुरा राखेका थियौं । त्यसको फलस्वरुप नै हिजो बेलुका क्याबिनेटले निर्णय गरेर केही खुकुलो गरेको छ । अझ पनि के सुनेको छ भने तीनवटा चरणमा गर्ने पहिलो, दोस्रो र तेस्रो । अव त्यसमा जोर बिजोरको कुरा, पसलहरु खोल्ने कुरा आइसकेको छ । एउटा समय सान्दर्भिक हो र नेपाल उद्योग परिसंघले यसलाई धेरै सकारात्मक रुपले लिएको छ ।’

लकडाउन खुलेको एक साता भित्रमा सबै उद्योग व्यवसायीले सुरक्षाका सबै सावधानी अपनाई पूर्णरुपमा व्यवसाय सञ्चालन गर्न सक्ने बताउनुभयो । उहाँले विश्व स्वास्थ्य संगठन र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेको स्वास्थ्य प्रोटोकल अपनाएर सबै क्षेत्रलाई सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले अर्थतन्त्रलाई जोगाउनका लागि यातायात, होटल तथा आन्तरिक उडानहरुलाई पनि चलाउने तर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।