काठमाडौं । छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत एक सैनिकले गोली चलाएर आत्महत्या गरेका छन् । बैतडीको सुर्मा गाउँपालिका–५ घर भएका डम्बरबहादुर विष्टले गोली चलाएर आत्महत्या गरेका हुन् ।
छाउनी अस्पतालका अनुसार छाउनी अस्पतालमा ‘मेडिकल कोर्स’ गरिरहेका बिष्टले बिहीबारराति पौने १२ बजे ड्युटीमा बसेको बेला आत्महत्या गरेका हुन् ।
आफ्नो साथमा रहेको एसएलआर चलाएर बिष्टले आफ्नो छातिमा एक राउण्ड गोली हानेका थिए । गोली लागेर भुँइमा ढलेका बिष्टको घटनास्थलमै मृत्यु भएको हो ।