२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै News Polar राष्ट्र बैंकद्वारा विदेशी भुक्तानीको सीमा वृद्धि, उपचारदेखि हवाईजहाजका पार्टपुर्जासम्ममा सहजीकरण News Polar विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’ News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान News Polar ‘नागरिक स्पेस’ को खोजी’– अहिले ? …कहिले ? News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला

आन्दोलनरत आदरणीय मित्रहरुलाई हार्दिक अनुरोध : डा. रवीन्द्र पाण्डे

आन्दोलनरत आदरणीय मित्रहरुलाई हार्दिक अनुरोध : डा. रवीन्द्र पाण्डे
अ अ+ अ-

केहि दिन यता देशका बिभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ । कोरोनाको नाममा १० अरब खर्च भएको, स्वास्थ्य मन्त्रालयले बिज्ञको सुझाब बिपरित रोग पत्ता लगाउन उपयोगी नहुने RDT Kit को ब्यापक दुरुपयोग गरेको तथा केहि मन्त्रीको कारण कोरोना नियन्त्रण एबम आर्थिक शुशाशन कायम नभएको, क्वारेन्टाइन रोग सार्ने केन्द्र बनेको, स्वास्थ्यमन्त्रीले एकपटक पनि सिमाबर्ती क्षेत्रका क्वारेन्टाइन अवलोकन एबम अनुगमन नगरेको, जनतालाई ठोस राहत एबम सामाजिक सुरक्षाको योजना नल्याएको लगायत धेरै बिषयमा हामी सबै असन्तुष्ट छौं । महामारीको बेलामा नेपालजस्तो गरिब देशले आर्थिक मितव्ययिता गर्ने, खर्च ब्यापक कटौती गर्ने तथा भोलेन्टियर भएर देशको लागि योगदान गर्ने बेलामा केहि व्यक्तिको आर्थिक हालीमुहाली अक्षम्य छ ।
अहिले कोरोना संक्रमणको महामारी चलेको छ । यो समयमा निम्न लिखित कुरामा हामीले ध्यान दिएनौं भने महामारी झनै बढ्ने खतरा रहन्छ ।
.
– भारतको महाराष्ट्रमा डेढ महिना पहिले हजारौं मजदुरले प्रदर्शन गरेका थिए । अहिलेको अवस्था हेर्दा महाराष्ट्रमा संक्रमितको संख्या ९७६४८ पुगेको छ भने ३५९० जनाको मृत्यु भएको छ । जबकी चीनमा संक्रमितको संख्या ८३०५७ छ । महाराष्ट्रमा हिंजोमात्र ३२५४ जना संक्रमित भए भने १४९ जनाको मृत्यु भयो । त्यस्तै दिल्लीमा जुलाईको अन्त्यसम्म ५ लाख संक्रमित पुग्न सक्ने त्यहाँका मुख्यमन्त्रीले भनेका छन् ।
– स्पेनमा भएको प्रदर्शनमा सहभागी धेरै संक्रमित भएको र त्यसको केहि हप्तापछि आफन्तले शब हेर्न समेत नपाएको अवस्था आएको थियो ।
– ब्राजिलमा भएको प्रदर्शनको कारण हजारौं संक्रमित भएको बताइएको छ | ब्राजिलले संक्रमितको संख्यामा अहिले अमेरिकालाई पछ्याइरहेको छ ।
– जुलुसमा सामाजिक दुरी कायम नहुने, मास्कको प्रयोग सहि तरिकाले नहुने, अपरिचितको भीड हुने, हात धुने / स्यानिटाइजर प्रयोग नहुने भएकोले रोग सर्ने सम्भावना बढी हुन्छ ।
– अध्ययनले देखाएको छ कि बिरोध प्रदर्शनमा चिच्याउने, नारा लगाउने, सिठी फुक्ने, खोक्ने आदि गर्दा संक्रमितको मुखबाट कोरोना भाइरसको लोड धेरै निस्किने र धेरैजना एकैपटक संक्रमित हुने सम्भावना धेरै हुन्छ ।
– त्यहाँ हामी युवा संक्रमित भएमा हाम्रो घरमा रहनुभएका जेष्ठ नागरिक, दीर्घरोगी, गर्भवती, सुत्केरी लगायतलाई संक्रमण सरेर जोखिम धेरै बढ्छ ।
– सहरी क्षेत्रमा लाखौँ जनाको बसाइ हुने तथा ठूलो समुहमा संक्रमण सर्यो भने संक्रमण अनियन्त्रित भएर हाम्रा अस्पतालले धान्न नसक्ने अवस्था आउन सक्छ ।
– यो महामारीको समयमा गर्ने बिरोधको स्वरूप परिवर्तन गरेमा हामी सुरक्षित हुनेछौं । सामाजिक संजाल, पत्रपत्रिका, रेडियो, टेलिभिजन आदिको माध्यमबाट सामुहिक बिरोध हुँदा बिगतमा धेरै मन्त्रीले राजिनामा दिन बाध्य भएको हामीलाई अवगत नै छ ।
– सरकारले आर्थिक अनुशाशन, पारदर्शिता, मितब्यब्यिता तथा जवाफदेहितालाई आफ्नो कर्तब्य ठानेर जनताका हरेक सरोकारलाइ इमान्दरपूर्वक ब्यबहारमा देखाउन सक्नु पर्दछ । कमीकमजोरी, अनियमितता तथा ढिलासुस्ती गर्ने जो कोहिलाई पनि पदमुक्त गर्ने, सक्षम व्यक्तिलाई काम गर्ने अवसर दिने, हरेक आर्थिक गतिविधिलाई नियामक निकायबाट अनुगमन गर्ने तथा जनतालाई रोग, भोक र आर्थिक समस्याबाट बचाउन सरकार क्रियाशील हुनु जरुरी छ ।
– यो विषम परिस्थितिमा सरकार, आम जनता तथा मेडिया एकताबद्ध भएर महामारीसंग जुध्नुको बिकल्प छैन ।
देशव्यापी भएको यो प्रदर्शन सरकारले समयमै सुनेर जनता विश्वस्त हुने गरि सम्बोधन गरोस । सरकारले सबै नागरिकको अभिभावक भएको कर्तब्य पालना गरोस । त्यसो भएमा आम नागरिकको असन्तुष्टि निराकरण हुनेछ ।
संयमित बनौं, सुरक्षित बनौं, जीवन अमुल्य छ ।