२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै News Polar राष्ट्र बैंकद्वारा विदेशी भुक्तानीको सीमा वृद्धि, उपचारदेखि हवाईजहाजका पार्टपुर्जासम्ममा सहजीकरण News Polar विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’ News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान News Polar ‘नागरिक स्पेस’ को खोजी’– अहिले ? …कहिले ? News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला

दुवै छिमेकीसँग समदूरीको सम्बन्ध रहन्छ, भारतले हाम्रो भूमी फिर्ता गर्नैपर्छ : मन्त्री अर्याल

दुवै छिमेकीसँग समदूरीको सम्बन्ध रहन्छ, भारतले हाम्रो भूमी फिर्ता गर्नैपर्छ : मन्त्री अर्याल
अ अ+ अ-

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले नेपालको कुटनीतिक सम्बन्धहरु छिमेकी मुलुकहरुसँग समदूरीको नै रहने बताउनुभएको छ । 

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका काम कारवाही र हालसालै नेपाल सरकारले जारी गरेको नेपालको नक्सा सम्बन्धमा आयोजना गरेको बैठकमा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । सबै छिमेकीसँग समान सम्बन्ध रहने र कसैलाई पाखा र कसैलाई पाखाको व्यवहार नगरिने मन्त्री अर्यालको भनाई थियो । ‘हाम्रा कुटनीतिक सम्बन्धहरु हाम्रा छिमेकीहरुसँग समदूरीको नै रहन्छ । कसैसँग काखाको कसैसँग पाखाको हुदैन’, मन्त्री अर्यालले भन्नुभयो, ‘जो सीमासँग जोडिएका विषयहरु हुन्छन् । उत्तरदक्षिण दुवैतिर सरकारले समान ढंगले नै हेर्छ ।’

अहिले भारततर्फको सीमा समस्या ज्वलन्ध बनेर आएकाले दक्षिणतर्फ सरकार लागेको मन्त्री अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज जसरी दक्षिणतर्फको समस्या ज्वलन्त बनेर आएको छ त्यही रुपमा उत्तरतर्फ प्रकट भएको छैन । प्रकट हुँदाको दिनमा जसरी हामीले अहिले दक्षिणतर्फ लागेका छौ । उत्तरतर्फ पनि त्यसरी नै लाग्नुपर्छ ।’ उत्तरतर्फ सीमा नै यकिन गरेको ठाउँमा ३ वटा पिलर गाड्न बाँकी रहेको भन्दै उहाँले अरु ठाउँमा त्यस्तो समस्या नदेखिएको बताउनुभयो । 

नेपाल भनेर हामीले चिनेको, बुझेको जमिन अद्यावधिक नक्सामा कँही पनि नछुटेको भन्दै उहाँले पहिले नक्सामा समावेश गरिएको तर भोगचलनमा समस्या भएको केही ठाउँहरु रहेको बताउनुभयो । ती ठाउँका समस्याहरु पनि समाधान गर्नुपर्ने भन्दै उहाँले तर नक्सा कुनैपनि भूमि नछुटेको बताउनुभयो । 
अत्यन्त पेचिलो बनेको सुस्ता र कालापानी क्षेत्र भएको भन्दै मन्त्री अर्यालले यी विषयहरु टुंगिएपछि अरु ठाउँका समस्याहरु पनि सरकारले समाधान गर्ने बताउनुभयो । 

सरकारले लिम्पियाधुरासम्मको भूमि समेटेर नयाँ नक्सा जारी गरेको सन्दर्भमा केहीले आशंका पनि गरेको भन्दै मन्त्री अर्यालले जमिन ल्याउ नक्सा ठूलो कुरा होइन भन्नु आफ्नै कमजोरी लुकाउनु भएको बताउनुभयो । मन्त्री अर्यालले भन्नुभयो, ‘जमिन ल्याउ नक्सा जारी गर्ने कुरा ठूलो कुरा होइन भनेर भन्नु विगतको आफ्नो कमजोरी लुकाउनु नै हो । ठूलो होइन भने किन आयो रु ठूलै भएर नै आएको होला नी १’

सरकारले नक्सा जारी गरेसँगै अब भूमि फिर्ता ल्याउनुपर्ने अवस्था रहेको भन्दै मन्त्री अर्यालले भारसँग वार्ताद्वारा नै यो समस्याको समाधान गरिने बताउनुभयो । सबै तथ्य प्रमाणहरु नेपालको पक्षमा रहेको भन्दै उहाँले वार्तामा बसिरहदा नेपालका विपक्षमा आउनसक्ने विषयहरुको नेगेटिभ लिस्ट बनाएर त्यसलाई काट्ने दस्ताबेजहरुको तयारी पनि गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । 

अब वार्ताका निम्ती सबै एकजुट भएर तयारीमा जुट्नुपर्ने बेला आएको उहाँको भनाइ थियो । ‘सरकारले शुरुआत गर्‍यो । प्रकृया अगाडी बढ्यो यो राम्रो कुरा हो । अब जमिन फिर्ताका निम्ती सबै एकताबद्ध भएको अवस्था छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘सबै एकजुट भएर जाँदाखेरी हाम्रो भूमी फिर्ता गराउन सम्भव छ । त्यसरी नै अगाडी बढ्नुपर्छ ।’
विगतका शासकहरु चुकेको त्यस्तो कुनै प्रमाण नभएको मन्त्री अर्यालले बताउनुभयो । ‘अहिलेसम्म खोजीरअनुसन्धान गर्दा लिखित रुपमा हाम्रा पूर्व शासकहरु चुकेको प्रमाण हामीले भेटाएका छैनौ’, उहाँले भन्नुभयो । 

आज भारत जसरी विश्वको एउटा शक्तिशाली मूलुकको रुपमा अगाडी बढ्न खोजिरहेको छ । त्यसरी स्थापित हुन खोजेको मुलुकले आफ्नो भन्दा सानो भूमि भएको मुलुकको सानो टुक्रामा आँखा लगाएर उसले त्यो छबी कायम गर्न सक्ला रु एउटा प्रश्न हो । 
यस्ता विषयहरु राखिरहन भनेको स्वयं भारतका निम्ती पनि नोक्सानदायक हुन्छ । तसर्थ भारत यस विषयमा संवेदनशिल हुनैपर्छ । छिमेकीको मन कुँडाएर, मन दुखाएर अनि विश्वको शक्तिशाली मुलुक बन्छु भनेर हुन्छ । छिमेकीहरुले गिज्याइरहने, मन नपराउने कुराले उसले सफलता प्राप्त गर्न सक्दैन । 
भारत आज विश्वमा जसरी अगाडी बढिरहेको छ त्यो कार्यको नेतृत्व गरेको भारतीय नेतृत्व फरक हुनैपर्नै मन्त्री अर्यालले बताउनुभयो । यस्ता समस्याहरुलाई बल्झाएर भारत अगाडी बढ्न नसक्ने समेत उहाँले बताउनुभयो । ‘जुन बाटोमा भारत जान खोजिरहेको छ त्यसका निम्ती यस्ता समस्याहरुलाई बल्झाएर, थाती राखेर भारतले सफलता प्राप्त गर्नै सक्दैन’, मन्त्री अर्यालले भन्नुभयो,’ ‘यसलाई समाधान गरेर नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अगाडी बढ्नुहुन्छ भन्ने विश्वास हामीले गरेका छौ ।’

मन्त्रालय अरुभन्दा फरक हुनुपर्छ भन्ने ढंगले नै अगाडी बढिरहेको भन्दै मन्त्री अर्यालले अरुले नसकेका काम गर्नुपर्छ भन्ने ढंगले अगाडी बढेको बताउनुभयो । उहाँले आफ्नै नेतृत्वमा नक्सा जारी, अहिलेसम्म ननापिएको सगरमाथाको उचाई मापन, विगतमा हडपिएका सरकारीरसार्वजनिक जग्गा फिर्ता गर्ने अभियान सञ्चालन, भूमि बैंकको अवधारणा ल्याइएको भन्दै प्रविधिको प्रयोगद्वारा दस्तावेजहरुलाई डिजिटलाइज्ड गर्दै सबै सेवालाई  अनलाइन सेवामा लैजाने अभियानमा रहेको बताउनुभयो ।