२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै News Polar राष्ट्र बैंकद्वारा विदेशी भुक्तानीको सीमा वृद्धि, उपचारदेखि हवाईजहाजका पार्टपुर्जासम्ममा सहजीकरण News Polar विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’ News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान News Polar ‘नागरिक स्पेस’ को खोजी’– अहिले ? …कहिले ? News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला

आईओएफटीसीको अनलाइन पुम्से च्याम्पियनसिप

आईओएफटीसीको अनलाइन पुम्से च्याम्पियनसिप
अ अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को आयोजनामा लकडाउन कोभिड– १९ अनलाइन भिडियो पुम्से च्याम्पियनसिप हुने भएको छ ।

अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीले विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड– १९) कारण विश्वभर खेलकुद गतिविधि ठप्प प्राय भइरहेको अवस्थामा दुई चरणमा गरी अनलाइन प्रतियोगिता गर्न लागेको आईओएफटीसीका संस्थापक एवं प्रतियोगिता निर्देशक दिवाकर महर्जनले जनाएका छन् ।

‘कोरोना भाइसरका कारण खेलकुद गतिविधि ठप्प प्राय छ । खेलाडीलाई अवसर दिन र केहि हदसम्म भएपनि चलायमान बनाउन प्रतियोगिताले मद्दत गर्छ भन्ने विश्वासका साथ आयोजना गर्न लागिएको हो ।’ निर्देशक महर्जनले भने ।

जुन २१ देखि २७ तारिखसम्म पहिलो चरणमा कलर बेल्ट प्रतिस्पर्धा हुने छ । यल्लो, ग्रिन, ब्लु र रेड बेल्टको प्रतिस्पर्धामा पुरुष÷महिलामा समान ७–७ गरी १४ स्पर्धामा प्रतिस्पर्धा हुने छ । त्यसपछि जुलाई १२ देखि १८ तारिखसम्म ब्ल्याकबेल्टतर्फ दोश्रो चरणमा खेल हुने छ । पुरुष÷महिलामा समान ११–११ गरी २२ पदकका लागि भिडन्त हुने छ । दुवै चरणको प्रतिस्पर्धा सबैका लागि खुला रहेको निर्देशक महर्जनले जानकारी गराए ।

डेइडो, युएसए, एभरेष्ट तेक्वान्दो संघ र युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ) को सहयोगमा हुन लागेको प्रतियोगितामा कम्तीमा पनि २५ राष्ट्रको सहभागिता अपेक्षा गरिएको आयोजकले जनाएको छ । सहभागीले दुई मिनेट भन्दा बढाइ श्रब्यदृष्य पठाउनु पर्ने छ । पठाइएको श्रब्यदृष्यलाई विश्व तेक्वान्दो महासंघबाट मान्यता प्राप्त निर्णायक प्यानलले मूल्यांकन गरी नतिजा सार्वजनिक गर्ने छन् ।

प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न महर्जनसहित रिचार्ड स्याक्स्, रेमन्ड सु, लभ गोर्खाली, विपिन श्रेष्ठ, एलेक्जनडर लिम, किशोर महर्जन र सुदिन महर्जन सम्मिलित आयोजक समिति गठन गरिएको छ । बढी भन्दा बढी खेलाडीले सहभागिता जनाउन सकुन् भन्ने उद्देश्यले दर्ता शुल्क पनि थोरै राखिएको निर्देशक महर्जनले अवगत गराए । सहभागीले कलर बेल्टतर्फ ५ युएस डलर र ब्ल्याकबेल्टतर्फ १० युएस डलर बुझाउनु पर्ने छ ।

नेपाली खेलाडीको सहजीकरणका लागि रामचन्द्र ब्यञ्जनकार, रजिन सिंह, अर्जुन महर्जन र निरोज गौतम सम्मिलित ४ सदस्यीय टोली गठन गरिएको छ । अन्य देशको हकमा पनि सम्र्पक व्यक्ति तोकिएको छ ।

आईओएफटीसीको मुख्य प्रतियोगिता अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिपको १३ औं संस्करण कोरोना भाइरसका कारण स्थगित भएपछि आयोजकले थोरै भएपनि खेलाडीको मनोबल उच्च बनाउन अनलाइन प्रतियोगिता आयोजना गर्न लागेको निर्देशक महर्जनले बताए । च्याम्पियनसिपको १३ औं संस्करण अमेरिकाको मिचिगनमा यसै वर्षको मे १ र २ तारिखमा हुने तालिका थियो । उक्त च्याम्पियनसिप हरेक दुई वर्षको अन्तरालमा एक पटक अमेरिका र अर्को पटक अमेरिका बाहिरा हुँदै आएको थियो । १२ औं संस्करण सकिँदासम्म अमेरिकाको पोर्टल्यान्डमा ५ पटक र नेपालमा ४ पटक भइसकेको छ । बाँकी १–१ संस्करण भारत, बेलायत र हङकङमा भएका थिए ।