२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद गिरीको घरमा ढुंगामुढा गर्ने थापा पक्राउ



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टीकी नेतृ एवम्‌ सांसद सरिता गिरीको घरको मूलढोकामा ढुंगामुढा गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । घरको मूलढोकामा ढुंगामुढा गरेको आरोपमा बाजुरा जिल्ला स्थायी घर भई काठमाडौंको कीर्तिपुरमा बस्दै आएका २८ वर्षीय हेमराज थापा पक्राउ परेका छन् ।

मंगलबार सांसद गिरीको काठमाडौंको विशालनगरस्थित घरको मूलढोकामा ढुंगामुढा गरी क्षति पुर्याएको आरोपमा प्रहरीले थापालाई शुक्रबार बिहान पक्राउ गरेको छ । 

प्रहरीले थापालाई उक्त घटनाको भिडियो बनाई युट्युबमा अपलोड गरेको र सो विषयमा सोधपुच्छ गर्ने क्रममा प्रहरीमाथि नै जाइ लागेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।