२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

गायक प्रताप दास र अन्नु चौधरीको ‘एउटै सपना’ सार्वजनिक

गायक प्रताप दास र अन्नु चौधरीको ‘एउटै सपना’ सार्वजनिक
अ अ+ अ-

काठमाडौं। गायक प्रताप दास र गायिका अन्नु चौधरीको सशक्त स्वरमा सजिएको नयाँ नेपाली गीत ‘एउटै सपना’ सार्वजनिक भएको छ। गहिरो प्रेम र भावनात्मक उतारचढावको कथालाई प्रस्तुत गर्ने गीतले छोटो समयमा नै दर्शक–श्रोताको ध्यान तानेको छ।

गीतको भिडियोमा जापानमा बसोबास गर्दै आएका चर्चित मोडल शिरीष गौतम र मोडल सुष्मा थापा को अभिनय देख्न सकिन्छ। टिकटकमार्फत पहिचान बनाएका गौतम जापानमा होटल व्यवसाय समेत सञ्चालन गर्दै आएका छन्।

गीतको शब्द लेखन किशोर पोख्रेलले गरेका छन् भने सङ्गीत तथा संगीत संयोजन सरोज पोखरेलको रहेको छ। भिडिओ गोविन्द बिष्टको निर्देशनमा तयार गरिएको हो।

सार्वजनिक भएको केही दिनमै गीतले युट्युबमा १५ हजारभन्दा बढी भ्युज र ४ सयभन्दा बढी लाइक पाइसकेको छ। समसामयिक प्रेम, संघर्ष र युवाको सपना बोकेको गीतले पछिल्लो पुस्ताको भावनालाई कलात्मक रूपमा अभिव्यक्त गरेको छ।

‘एउटै सपना’ केवल मनोरञ्जन मात्र होइन, समयसँगै भावनात्मक रूपमा कालजयी बन्ने सम्भावना बोकेको गीतको रूपमा हेरिएको छ।