२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नौ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कार



अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कारबाट ६ खेलाडी तथा समान एक प्रशिक्षक, निर्णायक र चिकित्सकलाई सम्मान गरेको छ ।

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा सोमवार कुल ९ जना खेलकर्मी राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कारबाट सम्मानित भएका हुन् ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले उनीहरूलाई सम्मान गरे । सबैलाई सम्मानपत्र र नगद एक लाख पुरस्कारबाट सम्मान गरिएको हो ।

खेलाडीतर्फको पुरस्कारबाट तेक्वान्दोका तीन खेलाडी वीरबहादुर महरा, प्रेमबहादुर लिम्बू र पारा तेक्वान्दोका भरतसिंह महता, कबड्डीका मानमति बिष्ट र अनुजा कुलुङ राई र फुटबलकी दीपा शाही पुरस्कृत भए ।

मानमति र अनुजा चीनमा सम्पन्न १९औं एसियन गेम्समा नेपालका लागि कांस्य पदक विजेता महिला कबड्डी टोलीका सदस्य हुन् । प्रशिक्षकको पुरस्कारबाट पारा तेक्वान्दोका प्रशिक्षक कविराज नेगी लामा पुरस्कृत भए ।

पेरिसमा सम्पन्न पारालिम्पकमा पारा तेक्वान्दोकी पलेशा गोवर्धनले ऐतिहासिक कांस्य पदक दिलाउँदा लामा प्रशिक्षक हुन् । निर्णायकतर्फ बक्सिङका धनकुमार मैनाली र चिकित्सकतर्फ डा. राजु डंगोलले पुरस्कृत भए । सोही अवसरमा खेलकुद पत्रकारिता सम्मानबाट नयाँपत्रिकाका खेलपत्रकार श्रीलोचन राजोपाध्याय सम्मान भए । उनी नगद ५० हजार सम्मानपत्रबाट सम्मानित भएका हुन् ।

खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारतर्फ कोशी प्रदेशका मुकुन्द घिमिरे र समावेशी महिलातर्फ नमिता दाहाल पुरस्कृत भएका छन् । घिमिरेले बिजमान्डुमा र दाहालले अन्नपूर्णपोस्टमा खेलकुद विधामा कलम चलाउँदै आएका छन् ।

गण्डकी प्रदेशबाट दिननाथ बराल, मधेशबाट सरदचन्द्र भट्टराई, बागमतीबाट विक्रमकुमार बानियाँ,कर्णालीबाट दिनेशकुमार बुढा, सुदूरपश्चिमबाट दिनेशबहादुर विष्ट र समावेशी दलित तर्फबाट रूपा गहतराजले खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्राप्त गरे । प्रोत्साहन पुरस्कारतर्फ उनीहरूले सम्मानपत्र र नगद २५ हजार रुपैयाँ प्राप्त गरे ।

खेलकुदमन्त्री चौधरी, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल र राखेप सदस्यसचिव टंकलाल घिसिङले उनीहरूलाई सम्मान गरेका थिए ।