६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको बैठक चलिरहँदा किन पुगे शिक्षामन्त्री पन्त ?



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ ।

केन्द्रीय कार्यालय सानेपामा बैठक बसिरहेको हो । यसैबीच, बैठकस्थलमा शिक्षामन्त्री रघुजी पन्त पनि पुगेका छन् ।

मन्त्री पन्त कांग्रेसको बैठक चलिरहँदा अर्कोतर्फ बसिरहेका छन् । शिक्षकसँगको सहमतिअनुसार शिक्षा विधेयक हिजो (आइतबार) पारित गर्नुपर्ने भएपनि समितिमै विधेयकमा सहमति नजुटेपछि पारित हुन सकेन ।

शिक्षक महासंघले विधेयक पारित नभएको भन्दै आन्दोलन थाल्ने चेतावनी दिएसँगै पन्तमाथि दबाब बढेको छ ।

जसकारण कांग्रेस नेताहरुसँग संवाद गर्न उनी सानेपा पुगेको बुझिएको छ ।