५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानको फोर्डो आणविक स्थलमा इजरायलको आक्रमण



अ+ अ-

एजेन्सी । इजरायलले तेहरानको दक्षिणमा रहेको इरानको भूमिगत आणविक स्थल फोर्डोमा पुनः आक्रमण गरेको छ ।

“आक्रमणकारी (इजरायल)ले फेरि फोर्डो आणविक स्थलमा आक्रमण गरेको छ,” कोम प्रान्तको सङ्कट व्यवस्थापन प्राधिकरणका प्रवक्तालाई उद्धृत गर्दै तस्निम न्यूज एजेन्सीले जनाएको छ ।

संयुक्त राज्य अमेरिकाले इरानको फोर्डो आणविक केन्द्र तथा इस्फाहान र नातान्जलगायतका स्थलहरूमा अभूतपूर्व आक्रमण गरेको एक दिनपछि पछिल्लो आक्रमण भएको हो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त आक्रमणले इरानको आणविक क्षमतालाई ‘समाप्त’ पारेको बताउनुभएको छ तर अन्य अधिकारीहरूले इरानको आणविक कार्यक्रममा वास्तविक प्रभावको आँकलन गर्न धेरै चाँडो हुने बताएका छन्।

इरानले उक्त आक्रमणको निन्दा गर्दै अमेरिकी आक्रमणपछि ’प्रदूषणको कुनै सङ्केत नदेखिएको’ उल्लेख गर्दै प्रतिशोधको प्रतिबद्धता जनाएको छ ।

अमेरिकाले इरानमाथि आक्रमण गरी इरानका आणविक वैज्ञानिक, शीर्ष सैन्य कमान्डरको मृत्यु हुनुका साथै सैन्य अखडा, आणविक स्थल र आवासीय क्षेत्रमा प्रभाब परेको थियो ।