२५ भाद्र २०८३, बिहीबार
,
Latest
कानूनमन्त्री गौतमले राष्ट्रिय सभामा माफी मागिन् मन्त्रिपरिषद् बैठक जारी, बाढी प्रभावित क्षेत्रबारे छलफल हुँदै सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी गणेश पराजुली उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दै सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानको फोर्डो आणविक स्थलमा इजरायलको आक्रमण



अ+ अ-

एजेन्सी । इजरायलले तेहरानको दक्षिणमा रहेको इरानको भूमिगत आणविक स्थल फोर्डोमा पुनः आक्रमण गरेको छ ।

“आक्रमणकारी (इजरायल)ले फेरि फोर्डो आणविक स्थलमा आक्रमण गरेको छ,” कोम प्रान्तको सङ्कट व्यवस्थापन प्राधिकरणका प्रवक्तालाई उद्धृत गर्दै तस्निम न्यूज एजेन्सीले जनाएको छ ।

संयुक्त राज्य अमेरिकाले इरानको फोर्डो आणविक केन्द्र तथा इस्फाहान र नातान्जलगायतका स्थलहरूमा अभूतपूर्व आक्रमण गरेको एक दिनपछि पछिल्लो आक्रमण भएको हो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त आक्रमणले इरानको आणविक क्षमतालाई ‘समाप्त’ पारेको बताउनुभएको छ तर अन्य अधिकारीहरूले इरानको आणविक कार्यक्रममा वास्तविक प्रभावको आँकलन गर्न धेरै चाँडो हुने बताएका छन्।

इरानले उक्त आक्रमणको निन्दा गर्दै अमेरिकी आक्रमणपछि ’प्रदूषणको कुनै सङ्केत नदेखिएको’ उल्लेख गर्दै प्रतिशोधको प्रतिबद्धता जनाएको छ ।

अमेरिकाले इरानमाथि आक्रमण गरी इरानका आणविक वैज्ञानिक, शीर्ष सैन्य कमान्डरको मृत्यु हुनुका साथै सैन्य अखडा, आणविक स्थल र आवासीय क्षेत्रमा प्रभाब परेको थियो ।