११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध

सुनचाँदी कारोबारलाई नियमन गर्ने सरकारी निकाय छैनः अध्यक्ष महर्जन

सुनचाँदी कारोबारलाई नियमन गर्ने सरकारी निकाय छैनः अध्यक्ष महर्जन
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सुनचाँदी कारोबारलाई नियमन गर्ने कुनैपनि सरकारी निकाय नभएको बताउनुभएको छ ।

बुधवार सुन तथा सुनका गरगहनामा लगाइएको कर तथा दस्तुर र यसले उपभोक्तालाई पार्ने प्रभाव विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष महर्जनले यस्तो बताउनुभएको हो ।

उहाँले करिव नौ अर्ब रुपैयाँ वार्षिक राजश्व बुझाउने व्यवसाय नियम कानूनको दायराबाट बाहिर रहनु दुःखको कुरा भएको स्पष्ट पार्नुभयो । अध्यक्ष महर्जनले सुनचाँचीको कारोबार सनातनदेखि चलिरहेको र अहिलेपनि सनातनी परम्परा र रैथाने व्यवसायको रुपमा चलिरहेको दाबी गर्नुभयो । वर्तमान अवस्थामा यो व्यवसायमा केही वेथितिहरु निस्कन थालेसँगै व्यवसाय नै धरासायी हुन थालेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘२०६२ देखि हामीले सुनचाँदी व्यवसायका विषयमा गहन रुपमा काम गरिरहेका छौं । हाम्रो मुलुकमा हरेक कुराहरुमा नियामक निकायहरु छन् र नियम कानुन छ । एउटैमात्र नियम कानुन नभएको र नियम कानुनको दायराबाट बाहिर भएको व्यवसाय त्यो पनि अत्यन्त ठूलो र अर्बौंको कारोबार झण्डै झन्डै नौ अर्ब रुपैयाँ त राजश्व नै बुझाउने कारोबार भनेको सुनचाँदी र गरगहनाको कारोबार हो । यति ठूलो कारोबारलाई नियमन गर्ने कुनै निकायपनि छैन र नियम पनि छैन । अहिले पनि सनातनदेखि नेपालको हकमा कुरा गर्दा यो त्यत्तिकै चलिरहेको छ । सनातनी ढंगले नै चलिरहेको छ, नियम कानून केही छैन । यो व्यवसाय आआफ्नै मर्यादाले, आआफ्नै कुल परम्पराको हिसावले र रैथाने व्यवसायको रुपमा चलिरहेको छ । अहिले केही वर्षदेखि यो व्यवसायमा बेथितिहरु निस्किन थालेपछि व्यवसाय नै वेथिति हुन थालेपछि हामीले २०६२ सालदेखि यो विषयमा गम्भीर ध्यान दिएर काम गरिरहेका छौं । २०६९ मै हामीले नियमावली बनाएर हाम्रो संस्थाको तर्फबाट तत्कालिन आपूर्ति सचिवलाई दिएका थियौं । त्यसपछि धेरैपटक व्यवसायिक क्षेत्रबाट २०७१ मा उहाँहरुले दिनुभयो । २०७६ मा कार्यदल नै गठन भयो, सरकारी कार्यदल पनि धेरै बन्यो, सरकारले यसमा धेरैपटक चासो पनि राख्यो । तर कानून बनेन, यसमा नियम कानून नबन्नुको कारण सरकारलाई नै थाहा होला ।’ 

उहाँले सुनचाँदी व्यवसायमा सरकारले धेरै चासो राखेपनि यसलाई नियमन गर्ने विषयमा कानून नबन्नुको कारण भने सरकारलाई नै जानकारी भएको स्पष्ट पार्नुभयो ।