३ पुष २०८२, बिहीबार
,
Latest
नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी पदाधिकारीमा हारेका गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त न्युन पारिश्रामिकमा कामदार विदेश पठाउनु हुँदैनः मन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारुढ दलहरु एकअर्कालाई सिध्याउने मानसिकताले अघि बढेः महासचिव गुरुङ



अ+ अ-
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले मुलुकमा विद्यमान समस्या राज्यसत्ताको सर्वसत्तावादी प्रवृत्तिका कारण उत्पन्न भएको आरोप लगाउनुभएको छ ।

मंगलवार काठमाडौंमा बेपत्ता पारिएका नागरिकको सार्वजनिकिकरणको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव गुरुङले यस्तो आरोप लगाउनुभएको हो । राज्यको नेतृत्वकर्ताहरु शान्ति र मेलमिलापको विरोधमा क्रियाशील रहेको उहाँको आरोप छ । उहाँले देशलाई द्वन्द्वग्रस्त क्षेत्र बनाएर नेपाललाई सामरिक क्रिडास्थल बनाउने गम्भीर षड्यन्त्र भइरहेको भन्दै चिन्ता व्यक्त समेत गर्नुभयो । दलीय स्पर्धाको नाममा सत्तामा रहेका दलहरु एकअर्कालाई सिध्याउने र ध्वंस गर्ने मानसिकताले अघि बढिरहेको समेत आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘मुलुकमा अहिलेको समस्या विकसित हुनुको कारण राज्यसत्ताको नेतृत्व गर्ने र राज्यसत्ताभित्रको कोर टिम सर्वसत्तावादमा फस्न पुगेको कारणले हो । त्यसकारण त्यो सर्वसत्तावादी तथा एकाधिकारवादीले कतैपनि शान्ती स्थापना हुन नदिने, मेलमिलाप कायम गर्न नदिने, सहमति कायम गर्न नदिने तथा एकले अर्कोलाई विस्थापित गर्ने ढंगले अघि बढ्ने दिशातर्फ गइरहेको छ । र नेपाललाई द्वन्द्वग्रस्त क्षेत्र बनाएर सामरिक दृष्टिकोणले नेपाललाई क्रिडास्थल बनाउन खोजिरहेको छ । यो चिन्तन प्रवृक्तिले समस्या पैदा भएको छ । यसको विरुद्धमा नेताहरु लड्न सके कि सकेनन् समिक्षा गर्न जरुरी छ । सत्ता सञ्चालन नेताहरु सर्वसत्तावादी एकाधिकारको सोभबाट मुक्त हुन सक्नु भएन । त्यसले गर्दाखेरी दलीय स्पर्धाको नाममा एकले अर्कोलाई सिध्याउने र ध्वंश गर्ने दिशातर्फ गइरहेको देख्नुभएकै छ ।’

महासचिव गुरुङले सर्वसत्तावादी तथा एकाधिकारवादीले कतैपनि शान्ती स्थापना हुन नदिने, मेलमिलाप कायम गर्न नदिने सोचका साथ अघि बढिरहेको टिप्पणी गर्दै सबै सचेत हुने बेला आएको समेत बताउनु भयो ।