११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध

अन्तरराष्ट्रिय क्रिकेटमा पहिलोपटक सिरहाका दुई खेलाडी

अन्तरराष्ट्रिय क्रिकेटमा पहिलोपटक सिरहाका दुई खेलाडी
अ अ+ अ-

सिरहा । जारी त्रिदेशीय टी–२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गतको प्रतियोगितामा सिरहाका दुई खेलाडी एकै पटक सहभागी हुन सफल भएका छन् ।

स्कटल्यान्डको टिटउट रङ्गशालामा सोमबार राति भएको नेदरल्यान्डस् विरुद्धको खेलमा सिरहाको बरियारपट्टि गाउँपालिका–४ का नन्दन यादव र औरही गाउँपालिका–३ ईंटाटारका रुपेशकुमार सिंह सहभागी हुनुभएको हो ।

तेस्रो सुपर ओभरमा नेपाल पराजित भएको उक्त प्रतियोगितामा ‘डेब्यु’ गरेका नन्दन र रुपेश दुवैले राम्रो प्रभाव छोड्न सफल हुनुभएको छ । नन्दनले २।५ ओभर बलिङमा १८ रन दिएर महत्त्वपूर्ण दुई विकेट लिनुभयो । उहाँको इकोनोमी ६।३५ रहेको थियो । त्यसैगरी रुपेशले ३ ओभर बलिङ गरेर ३१ रन खर्चिनुभयो । नन्दनले ब्याटिङतर्फ ‘नटआउट’ चार बलमा १२ रन बटुल्न सफल हुनुभयो । खेललाई सुपर ओभरमा धकेल्न उहाँको महत्वपूर्ण योगदान रह्यो ।

नन्दन डिभिजन टूअन्तर्गतका एक दिवसीय खेलमा उम्दा प्रदर्शन गर्नुभएको खेलाडी हुनुहुन्छ भने रुपेश यसअघि हङकङ सिरिजमा नेपाली टोलीमा रहनुभएको थियो । अन्तरराष्ट्रिय क्रिकेटमा दुई खेलाडीको सहभागितासँगै जिल्लाका क्रिकेटप्रेमीहरु उत्साहित भएका छन् ।

नेदरल्यान्डस्सँग निर्धारित २० ओभरको खेलमा १५३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५२ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । घरेलु टोली स्कटल्यान्ड, नेपाल र नेदरल्यान्डस्बीचको त्रिकोणीय टी–ट्वान्टी अन्तरराष्ट्रिय सिरिजअन्तर्गत आज नेपालले घरेलु टोली स्कटल्यान्डको सामना गर्नेछ ।