१८ भाद्र २०८३, बिहीबार
,
Latest
दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य ९ बजे बाढी आयो महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाढी प्रभावितका लागि ३१ लाखभन्दा बढी सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र स्कटल्यान्ड आज भिड्दै



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको दोस्रो खेलमा नेपालले आज घरेलु टोली स्कटल्यान्डको सामना गर्दैछ ।

स्कटल्यान्डको टिटउट रङ्गशालामा हुने नेपाल र स्कटल्यान्डबीचको खेल नेपाली समय अनुसार राति ७ः४५ मा सुरु हुनेछ । नेपाल आज पहिलो जितको खोजीमा छ । हिजोको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो । अन्तरराष्ट्रिय क्रिकेट इतिहासमा तेस्रो सुपर ओभरमा गएको यो पहिलोपटक हो ।

त्यसैगरी स्कटल्यान्ड भने प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा छ । स्कटल्यान्डले पहिलो खेलमा नेदरल्यान्डलाई ३९ रनले पराजित गरेको थियो ।

नेपालले टी ट्वान्टी २० अन्तरराष्ट्रिय मान्यता पाएपछि पहिलोेपटक स्कटल्यान्ड्सको सामना गर्न लागेको हो । त्यसअघि सन् २०१३ मा भएको आइसिसी विश्वकप क्वालिफाइरअन्तर्गत भएको खेलमा नेपाल स्कटल्यान्डसँग आठ विकेटले पराजित भएको थियो ।