११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध

संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष परियार

संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष परियार
अ अ+ अ-

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसद जबरजस्त चलाउनु संसदीय व्यवस्थाकै लागि एउटा धब्बा भएको बताउनुभएको छ ।

सोमवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । भिजिट भिसाको विषय छानविन हुनुपर्छ भनेर आन्दोलन गर्दा जबरजस्ती संसद सुचारु गर्नु संसदीय व्यवस्थाकै लागि एउटा धब्बा भएको बताउनु भयो । उहाँले यसले कतै न कतै राजनीतिक दलहरुलाई भविष्यमा प्रश्न तेर्साउने जिकिर गर्नुभयो । सदन चलाउने वातावरण बनाउने काम सरकारको भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो हाम्रो आन्दोलनको एउटा स्वरुप हो । संसदको चौथो ठूलो राजनीतिक दलले  अवरोध गरिरहँदा संसद यसरी सुचारु हुनु र संसद जबरजस्त चलाउनु भनेको हाम्रो संसदीय व्यवस्थामै एउटा धब्बा हो । यो नहुनुपर्ने अभ्यास भइरहेको छ । यसले कहीँ न कहीँ गएर राजनीतिक पार्टीहरुलाई भविष्यमा प्रश्न गर्नेछ । सदन चलाउने वातावरण बनाउने कुरा सरकारको हो । सरकारको काम कारबाही अघि बढिरहेको छ । तर सदनमा रास्वपा र राप्रपा पनि आफ्नो मुद्दामा आन्दोलनमा छ ।’

प्रमुख सचेतक परियारले सदन जनताप्रति उत्तरदायी हुन नसकेको आरोप लगाउनु भयो ।