२० मंसिर २०८२, शनिबार
,
Latest
निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा भएको विमान दुर्घटनाप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा दु:ख व्यक्त



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतको गुजरातमा हिजो भएको विमान दुर्घटनाप्रति दु:ख व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले आज सामाजिक सञ्चालमार्फत् भारतको गुजरातस्थित अहमदाबादको सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लण्डनका लागि उडेको एयर इन्डियाको विमान दुर्घटनाप्रति दु:ख व्यक्त गर्नुभएको हो । उहाँले विमानस्थल नजिकै दुर्घटनाग्रस्त भई विमानमा सवार २४२ यात्रुहरूमध्ये २४१ जनाको दु:खद् निधन भएको समाचारले आफूलाई मर्माहत तुल्याएको समेत बताउनुभएको छ ।

यसैगरी विमान दुर्घटनामा गुजरातका पूर्वमन्त्री विजय रुपाणीको समेत निधन भएको पनि उहाँले दु:ख व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ– ‘म राष्ट्रपति रहेको बखत भारतको औपचारिक भ्रमणका क्रममा गुजरात पुगेको अवसरमा मलाई न्यानो आतिथ्य प्रदान गर्नु भएका तत्कालीन मुख्यमन्त्री श्री विजय रुपाणीको समेत उक्त विमान दुर्घटनामा निधन भएको समाचारबाट अत्यन्त दु:खी भएको छु ।’

पूर्वराष्ट्रपति भण्डारीले विमान दुर्घटनामा अमूल्य जीवन गुमाएका गुजरातका पूर्वमुख्यमन्त्री श्री विजय रुपाणी, दुर्घटना स्थलमा रहेको बी.जे. मेडिकल कलेजको छात्रबासका विद्यार्थी र स्थानीयहरूका साथै विमानमा सवार यात्रु तथा चालक दलका सदस्यहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

उहाँले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ ।