२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा भएको विमान दुर्घटनाप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा दु:ख व्यक्त



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतको गुजरातमा हिजो भएको विमान दुर्घटनाप्रति दु:ख व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले आज सामाजिक सञ्चालमार्फत् भारतको गुजरातस्थित अहमदाबादको सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लण्डनका लागि उडेको एयर इन्डियाको विमान दुर्घटनाप्रति दु:ख व्यक्त गर्नुभएको हो । उहाँले विमानस्थल नजिकै दुर्घटनाग्रस्त भई विमानमा सवार २४२ यात्रुहरूमध्ये २४१ जनाको दु:खद् निधन भएको समाचारले आफूलाई मर्माहत तुल्याएको समेत बताउनुभएको छ ।

यसैगरी विमान दुर्घटनामा गुजरातका पूर्वमन्त्री विजय रुपाणीको समेत निधन भएको पनि उहाँले दु:ख व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ– ‘म राष्ट्रपति रहेको बखत भारतको औपचारिक भ्रमणका क्रममा गुजरात पुगेको अवसरमा मलाई न्यानो आतिथ्य प्रदान गर्नु भएका तत्कालीन मुख्यमन्त्री श्री विजय रुपाणीको समेत उक्त विमान दुर्घटनामा निधन भएको समाचारबाट अत्यन्त दु:खी भएको छु ।’

पूर्वराष्ट्रपति भण्डारीले विमान दुर्घटनामा अमूल्य जीवन गुमाएका गुजरातका पूर्वमुख्यमन्त्री श्री विजय रुपाणी, दुर्घटना स्थलमा रहेको बी.जे. मेडिकल कलेजको छात्रबासका विद्यार्थी र स्थानीयहरूका साथै विमानमा सवार यात्रु तथा चालक दलका सदस्यहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

उहाँले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ ।