२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले सरकार ‘चिट्ठामा रमाइरहेको’ टिप्पणी गरेपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नियमापत्ति जनाउनुभएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसद सिद्धिकीले सरकारले सुरुवाती सय दिनमा सम्पन्न गर्ने भन्दै ल्याएको एक सय बुँदे कार्ययोजनाको गम्भीर समीक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले सार्वजनिक हितमा रहेर कार्यसम्पादन गर्नु सरकारको पहिलो कर्तव्य र दायित्व भएको उल्लेख गर्नुभयो ।

‘राजनीति भनेको केवल शक्ति र सत्ता प्राप्त गर्नु मात्र होइन, चुनावमा होमिएर केवल जितहार प्राप्त गर्नु पनि होइन । चुनावको माध्यमबाट सरकार चलाउनु पनि हो,’ उहाँले भन्नुभयो, ‘नागरिकको असल र सुखी जीवन सुनिश्चित गर्नु सरकारको पहिलो दायित्व र कर्तव्य हो । सरकारले सय दिनमा गर्ने भनेर ल्याएको एक सय बुँदे कार्ययोजनाको समीक्षा गर्नुपर्छ । कति पास भयो, कति फेल भयो ? जिम्मेवारी सरकारको हो ।’

सांसद सिद्धिकीले सरकारलाई जनताको पीडा बुझ्नसमेत आग्रह गर्दै ‘चिट्ठामा रमाउने सरकार अब त आँखा खोल’ भन्ने टिप्पणी गर्नुभएको थियो ।

त्यसलगत्तै रास्वपा सांसद तामाङले नियमापत्ति जनाउँदै आफूहरू चिट्ठाबाट नभई जनताबाट निर्वाचित भएर आएको बताउनुभयो । उहाँले संसद्मा आफूहरूलाई ‘चिट्ठामा परेको’ र ‘चाउचाउमा परेको’ भन्दै टिप्पणी गर्ने गरिएकोप्रति आपत्ति जनाउनुभयो ।

सांसद तामाङले सांसद सिद्धिकीको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनसमेत माग गर्नुभयो । उहाँले आफूहरू जनताको मतबाट प्रतिनिधित्व गर्दै संसद्मा आएको दाबी गर्दै त्यस्ता टिप्पणी नगर्न प्रतिपक्षी सांसदहरूलाई आग्रह गर्नुभयो ।