१८ भाद्र २०८३, बिहीबार
,
Latest
कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहको संख्या ५ सय बनाउन छलफल शुरु भएको छः सचिव भट्टराई



अ+ अ-

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका सचिव योगेश भट्टराईले स्थानीय तह, प्रदेशलाई बढी भन्दा बढी साधन स्रोत दिएर संघीयतालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।

आज राजधानीमा आयोजित संघीयतामा बजेट सम्बन्धि कार्यक्रममा उहाँले अहिले पनि केन्द्रीकृत मानसिकता हावी भइरहेको र त्यसलाई संघीयता प्रभावकारी रुपमा कार्यान्वयन गरेर हटाउँदै जानुपर्ने बताउनुभएको हो ।

सचिव भट्टराईका अनुसार स्थानीय तह, प्रदेशलाई साधन स्रोत सम्पन्न गरेर बजेट कार्यान्वयन गर्ने क्षमता बलियो बनाउनुपर्छ । स्थानीय तह घटाएर वडा बढाउने विषयमा छलफल भइरहेको बताउँदै संघीयतालाई प्रभावकारी बनाइँदै लगिने बताउनु भयो । उहाँले अनौपचारिक हिसावले ५ सय स्थानीय तहको संख्या बनाउनेबारे छलफल चलिरहेको बताउनु भयो । उहाँले यसबारे पार्टी भित्र छलफल गरेर निष्कर्षमा पुगिने बताउनु भयो ।

एमाले सचिव भट्टराईले भन्नुभयो– ‘अधिकारको बाँडफाडदेखि अरु थ्रुपैमा पुनरावलोकन जरुरी छ । विशेषतः स्थानीय र प्रदेशलाई कसरी अझ अधिकार सम्पन्न बनाउने त्यसमा पुनरावलोकन गर्नुपर्छ । पुनरावलोकन गर्ने भनेको मैले संघीयता खारेज भन्न खोजेको होइन । अहिलेको संघीयतालाई अझ प्रभावकारी बनाउने भनेको हो । स्थानीय तह, प्रदेशलाई बढी भन्दा स्रोत साधन सम्पन्न बनाउने,कार्यान्वयन गर्ने क्षमता पनि उसको बढाउँदै जाने केन्द्रले बढी नीति र महत्वपूर्ण कामको जिम्मा लिनुपर्छ । अरु बिस्तारै हस्तान्तरण गर्दै जानुपर्छ  । हाम्रो संविधानमा पनि संशोधन आवश्यकता छ । स्थानीय तहको ७५३ ओटा संख्या ज्यादा भयो । यसलाई घटाउन सकिन्छ भने घटाएर ५ सयको सेरोफेरोमा ल्याऔँं । बरु वडाहरुको संख्या बढाऔं । भन्ने छलफलहरु शुरु भइसकेको छ । किनभने वडालाई अझै थप अधिकार दिने, स्रोत, साधन सम्पन्न बनाउने र बढी भन्दा बढी दौलोको सरकार जेसुकै भनेपनि वडा नै हो । त्यसैकारण वडालाई बढाएर पालिकाको संख्या घटायौं भने अझै यसले काम गर्ने क्षमता, नेतृत्वको विकास अझै राम्रो बनाउछ की । यो छलफलको विषय हो । यसमा अझै अफिसियल लाइन बनेको छैन ।’ 

उहाँले मुलुकमा विकासको विस्तार भएको बताउँदै गुणस्तर र प्रतिफलमुखी बनाउनसके  मुलुकको अर्थतन्त्र बलियो हुने बताउनु भयो ।
आर्थिक, प्रशासनिक, राजनीति रुपमा संघीयता जोडिएको बताउँदै एमाले सचिव भट्टराईले आर्थिक, राजनीति रुपमा संघीयता कार्यान्वयनमा गएको भएपनि प्रशासनिक हस्तान्तरणमा अझै पुग्न नसकिएको बताउनु भयो । पूर्वमन्त्री समेत रहनुभएका भट्टराईले निजामती ऐन, प्रहरी, शिक्षा ऐन बनाएर प्रशासनिक संघीयतालाई कार्यान्वयनमा लगिने बताउनु भयो । आगामी बजेटबारे उहाँले यसपटकको बजेटले योजनाहरुलाई प्रतिफलमुखी बनाउन खोजेको बताउनु भयो । उहाँकाअनुसार संघीयतामा स्थानीय तह र प्रदेशले आफ्नो स्रोत सदुपयोग गर्नुपर्छ । केही अप्ठ्यारा छन् भने हटाइदिनुपर्छ । स्रोत सदुपयोग बढाउन जरुरी छ । तहगत सरकारले प्रशांसायोग्य काम गरेका छन् । जाजरकोट, रुकुमको भूकम्पमा स्थानीय तहको भुमिका महत्वपूर्ण छ ।