९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो

बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ।  पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि नेपाल आयल निगमको समन्वयमा आज विभिन्न कम्पनीका २४ हजार ५०० सिलिण्डर बाइरोडको बाटो हुँदै आज काठमाडौँ उपत्यकामा ल्याइएको छ ।

राजमार्ग अवरुद्ध भएर ग्यासका बुलेट काठमाडौँ र धादिङका बोटलिङ प्लान्टसम्म आउन नसकेपछि निगमले एलपी ग्यास उद्योगलाई तराईका उद्योगमा ग्यास सिलण्डर भरी त्रिभुवन राजपथ हुँदै काठमाडौँ ल्याउने व्यवस्था मिलाएको थियो ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरले शुक्रबारदेखि नियमित रूपमा सोही बाटो हुँदै थप परिमाणमा सिलिण्डर काठमाडाैँ उपत्यका ल्याइने जानकारी दिनुभयो । बाढी तथा पहिरोका कारण सडक अवरुद्ध भएपछि पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्ति प्रभावित भएका जिल्लामा वैकल्पिक मार्ग र विशेष व्यवस्थामार्फत आपूर्ति निरन्तरता दिइएको निगमले स्पष्ट पारेको छ ।

यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि ती क्षेत्रमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको बिक्रीवितरण प्रभावित हुँदै आएको थियो । यस्तै, भदौ १४ गते त्रिशूली नदीले पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा कटान गरेपछि पेट्रोलियम पदार्थ ढुवानीमा थप समस्या देखिएको थियो ।

बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा खटिएका हेलिकप्टरका लागि आवश्यक हवाई इन्धन नेपाली सेनाको समन्वयमा नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट रिफ्युलिङ सेवामार्फत उपलब्ध गराइएको छ । निगमले उक्त सेवा सञ्चालनका लागि हालसम्म एक लाख दुई हजार लिटरभन्दा बढी हवाई इन्धन उपलब्ध गराइसकेको जनाएको छ ।

बाढीबाट प्रभावित क्षेत्रमा पेट्रोलियम आपूर्ति सहज बनाउन बागमती प्रदेश कार्यालयबाट प्रभावित क्षेत्रमा रहेका पेट्रोल पम्पलाई हालसम्म पेट्रोल एक लाख पाँच हजार लिटर र डिजेल दुई लाख २० हजार लिटर उपलब्ध गराइएको निगमले जनाएको छ । सार्वजनिक बिदाका दिनमा समेत पेट्रोल तथा डिजेलको बिक्री-वितरण निरन्तर हुनेछ ।  रासस