१८ भाद्र २०८३, बिहीबार
,
Latest
हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने? कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनमा देखिएको मनमोहक साँझ कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात



अ+ अ-

कास्की। भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका पोखराका दुई र रुपा गाउँपालिकाका एक जना गरी तीन जना  सम्पर्कमा आएका छन् ।

पोखरा महानगरपालिका-१५ का छमप्रकाश थापा र मनु बुढा सुरक्षित रूपमा घर आउनुभएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

यही भदौ ९ गते गोसाइँकुण्डका लागि पोखराबाट प्रस्थान गर्नुभएका थापा दम्पतीसँग बाढीलगत्तै सम्पर्क हुन नसकेपछि मेलिना थापाले प्रशासनमा खोजीका लागि निवेदन दिनुभएको थियो । आफ्ना काका/काकी भदौ १५ गते साँझ घरमा आइपुग्नुभएको मेलिनाले बताउनुभयो ।

“बाढी आउनुअघि स्याफ्रुबेँसी पार गरेर उहाँहरू पहिल्यै गोसाइँकुण्डतर्फ लागिसक्नुभएको रहेछ । बाटोमा सम्पर्क हुन नसकेपछि हामी चिन्तित भयौँ र खोजीका लागि आग्रह गरेका थियौँ । पछि सम्पर्क भयो र अहिले घरमा आइसक्नुभएको छ”, थापाले भन्नुभयो ।

यसैगरी, बाढीपछि सम्पर्कविहीन हुनुभएका रुपा गाउँपालिका-७ का २९ वर्षीय सरोज विक पनि परिवारको सम्पर्कमा आउनुभएको प्रशासनले जनाएको छ । बाढीपछि हराएका पोखराका १२ जनाको अवस्था भने अझै अज्ञात रहेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिनुभयो ।

हालसम्म सम्पर्कमा नआएकामा पोखरा-१७ की सविना पौडेल (मिश्र), पोखरा-५ की सृष्टि बास्तोला, पोखरा-६ का अभिषेक आचार्य, पोखरा-१२ का लिला बहादुर थापा र सुमन श्रेष्ठको अवस्था अझै अज्ञात छ ।

पोखरा-१५ की देवीकुमारी गुरुङ, पोखरा-१३ की विनु गुरुङ र उषा गुरुङ, पोखरा-१४ का गोविन्दबहादुर अधिकारी, पोखरा-१० काजीपोखरीकी देवीकुमारी गुरुङ, पोखरा-१२ जयटोलका दिलबहादुर थापा तथा पोखरा-११ का उज्ज्वल गुरुङको पनि अवस्था पत्ता लाग्न नसकेको प्रशानले जनाएको छ । रासस