९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७ अर्ब ९५ करोड लाग्ने

रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७ अर्ब ९५ करोड लाग्ने
अ अ+ अ-

काठमाडौँ। भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७ अर्ब ९५ करोड लाग्ने
रसुवाको भोटेकोशीमा १० भदौमा गएको विनासकारी बाढी झण्डै चार खर्बको क्षति भएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकारणले बिहीवार साँझ नियमित प्रेस ब्रिफिङ आयोजना गर्दै बाढीबाट क्षेत्रगत र मानवीय गरी ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको भएको प्रारम्भिक अध्ययनले देखाएको जनाएको हो ।

प्रेस ब्रिफिङमा बोल्दै प्राधिकरणका कार्यकारी प्रमुख डा.धर्मराज उप्रेतीले आगामी चार महिनाभित्र प्रारम्भिक पुनःस्थापनाका लागि ७ अर्ब ५ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको समेत बताउनु भयो ।

उहाँले बाढी प्रभावित नागरिकको खोज, उद्धार र राहत वितरणसँगसँगै क्षतिको विवरण संकलनको कार्य समेत निरन्तर भइरहेको बताउनु भयो ।

उहाँका अनुसार भवन, सार्वजनिक बस्ती, पुल, स्वास्थ्य, पोषण, शिक्षा, कृषि, पशुपालन, ऊर्जा, विद्युत र दूरसञ्चार क्षेत्रको तत्काल पुनस्र्थापना सरकारको प्राथमिकतामा रहेको समेत बताउनु भयो ।

उहाँले बिहीवार मात्र बाढी प्रभावित उत्तरी क्षेत्रबाट एक चिनियाँ नागरिकसहित ११४ जनाको उद्धार गरि काठमाडौं ल्याउने कार्य भइरहेको समेत बताउनु भयो ।

उहाँले बिहीवार नै अन्य २० जनाको समेत बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएको बताउनु भयो । उहाँले सरकारले खोज, उद्धार र राहत वितरणमा सरकारका संयन्त्रहरु क्रियाशील रहेको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजमात्र हाम्रो उत्तरी क्षेत्रबाट उद्धार भएर एक सय १३ जना नेपाली र एक चिनियाँ गरी एक सय १४ जना सकुसल उद्धार भएर काठमाडौं फर्किँदै हुनुहुन्छ । त्यो हाम्रो लागि सुखद् समाचार हो । अन्य प्रभावित क्षेत्रमा फसेका २० जनाको पनि उद्धार भएको अवस्था छ । हामीले अर्ली रिकभरीमा अबको चार महिनामा के के गर्ने ? र यसको लागि अध्ययन गरेका थियौँ । र त्यो स्टिमेसन चाँही ७ अर्ब ९५ करोड बराबरको अर्ली रिकभरी गर्न लाग्ने अनुमान गरेका छौँ । बाढीमा कति लागत बराबरको क्षति भयो भन्ने कुरा पनि हामीले बाहिर ल्याएका छौँ । सबै क्षेत्रमा अहिले ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको डेटा आएको छ । ’

प्राधिकरणले बाढीमा परि हालसम्म १ हजार दुई सय ५९ जनाको शव फेला परेको जनाएको छ । अन्य ५ हजार ८३ जना अझै सम्पर्कविहीन रहेको जनाएको छ । –न्युज एजेन्सी नेपाल