९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

एक सातामा २५२ कन्टेनर कोरला पुगे

एक सातामा २५२  कन्टेनर कोरला पुगे
अ अ+ अ-

मुस्ताङ। भोटेकोशी बाढीबाट (रसुवा-केरुङ) नाका बन्द भएसँगै कोरलानाकाबाट मालवस्तु ढुवानी गर्न थालिएको छ ।

रसुवागढी नाका बन्द हुनुअघि औसत (८-१०)कन्टेनरमा मात्रै आवतजावत गर्ने कोरलानाकामा रसुवागढी बन्द भएपछि मालवस्तु बोक्ने ढुवानीका कन्टेनरहरूको सङ्ख्या बढ्ना थालेको हो ।

सशस्त्र प्रहरी बल ३३ नं गुल्म हेडक्वाटर जोमसोमका अनुसार रसुवाको विनाशकारी बाढीबाट उक्त क्षेत्रको रसुवागढी नाका पूर्ण रूपमा बन्द हुँदा कोरलानाकातर्फ मालवस्तु ढुवानी गर्ने कन्टेनरको सङ्ख्या अप्रत्याशित रूपमा बढेको छ । गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक दीपक कोइरालाका अनुसार भदौ १० देखि १८ गतेको बिहानसम्म (बेनी-जोमसोम-कोरला) सडकमार्ग हुँदै २५२ वटा मालबाहक खाली कन्टेनरहरू कोरलानाकातर्फ प्रस्थान गरिसकेको छ ।

यसैगरी, रसुवागढी नाका बन्दपछि एक सातामा कोरलानाका हुँदै चिनियाँ मालवस्तु बोकेको सत्तरी वटा मालवाहक कन्टेनरहरू मुस्ताङ भन्सार कार्यालयमा जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरिसकेका सशस्त्र प्रहरी नायव उपरीक्षक कोइरालाले बताउनुभयो ।

रसुवागढी-केरुङ नाका बन्द भएपछि एकसातामा (नेचुङ-लिजी ) कोरलानाका हुँदै ६१ वटा विद्युतीय सवारीसाधन (इभी) गाडीहरू भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरिसकेको सशस्त्र प्रहरी नायब उपरीक्षक कोइरालाको भनाइ छ ।

नेपाल–चीन रसुवागढी–केरुङ नाका विनाशकारी बाढीले ध्वस्त भई बन्द भएपछि त्यहाँको नाका प्रयोग गरी नेपाल भित्र्याइने मालवस्तुहरू कोरलानाकातर्फ डाइभर्ट भएका छन् । मुस्ताङ भन्सार प्रमुख विदुर चुडालका अनुसार रसुवा–केरुङबाट भित्रिने मालवस्तु कोरलानाकातर्फ डाइभर्ट भएको भए पनि हालसम्म त्यहाँ डाइभर्ट भइसकेको मालवस्तु कोरलानाकामा आइपुगेको छैन ।

हरितालिका तीज, दसैँ र तिहार जस्ता महत्त्वपूर्ण चाडपर्वहरू नजिकिँदै गरेकाले हाल मुस्ताङ भन्सारमा जाँचपास भइरहेका कन्टेनरहरू नियमित रूपमा कोरलानाकाबाट आउने मालवस्तु कन्टेनर मात्रै भएको भन्सार प्रमुख चुडालले राससलाई जानकारी दिनुभयो ।

“रसुवा–केरुङ नाकाबाट डाइभर्ट भइरहेका मालवस्तुहरू कोरलानाकामा आई पुगिसकेको छैन तर डाइभर्ट गरिएका मालवस्तु ढुवानी गर्न कन्टेनरहरू कोरलानाकातर्फ उक्लिएका छन्,” भन्सार प्रमुख चुडालले भन्नुभयो, “रसुवा-केरुङतर्फबाट आउने मालवस्तु कतिपय डाइभर्ट भइसकेको र कतिपय डाइभर्ट हुने प्रक्रियामा रहेको छ, हामी कहाँ आइपुगेपछि कानुनी प्रक्रिया पूरा गरी आवश्यक भन्सार जाँचपास गरी पठाउँछौँ ।”

रसुवागढी नाका बन्द भएपछि नेपाल–चीन उत्तरी कोरलानाका र लोमान्थाङ–४ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयको यार्डमा दर्जनौँ मालवाहक कन्टेनरहरू पार्किङ गरी राखिएका छन् । कोरलानाका र भन्सार कार्यालयको यार्डमा दुई सयभन्दा बढी कन्टेनरहरू रोकिएको सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्मले जनाएको छ । रसुवा–केरुङ नाकाबाट डाइभर्ट गरिएका मालवस्तुहरू कोरलानाकासम्म आइनसकेकाले कोरलानाका र भन्सार कार्यालयमा मालवस्तु ढुवानी गर्न पुगेका कन्टेनरहरू यथास्थानमा रोकिएका छन् ।

रसुवागढी–केरुङ नाका  र तातोपानी नाका  बन्द हुँदा मुस्ताङको कोरलानाका चीनबाट पैठारी गरिने एकमात्रै  वैकल्पिक नाका बनेको छ । कोरलास्थित मुस्ताङ भन्सार कार्यालय उत्तरीतर्फ दुईवटा नाका बन्द हुँदा भन्सार कार्यालयको कार्यक्षेत्र र जिम्मेवारी  बढेको छ । तर कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयको पर्याप्त भौतिक पूर्वाधार तथा जनशक्ति नहुँदा भन्सार कार्यालयका कार्यसम्पादनमा समस्या र चुनौती देखिएको छ ।

प्रमुख चुडालका अनुसार रसुवा र तातोपानी नाका बन्द भएकाले मुस्ताङ भन्सार कार्यालयलाई व्यवस्थित गर्न जशक्ति थप गर्ने विषयमा विभागमा कुराकानी भइरहेको जानकारी दिनुभयो । कोरलानाकालाई दीर्घकालीन रूपमा बाह्रै महिना सञ्चालन गर्न भन्सार पूर्वाधार, जनशक्ति र सडकको हालको अवस्थालाई थप सुदृढ तुल्याउँदै लैजानुपर्ने बताउनुभयो ।

कोरलानाकालाई वैकल्पिक नाकाका रूपमा सरकारले सञ्चालनमा ल्याएपछि कोरलास्थित मुस्ताङ भन्सार कार्यालय आव २०८२/८३ मा रु छ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको थियो ।

चालु आवको पहिलो साउन महिनामा रु २९ करोड राजस्व सङ्कलन गरेको थियो । मुस्ताङ भन्सार कार्यालयमा हाल १८ जनाको दरबन्दी रहेपछि १२ जना मात्रै कर्मचारी कार्यरत रहेको कार्यालय प्रमुख चुडालले जानकारी दिनुभयो । रासस