६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास



अ+ अ-

रौतहट । रौतहटमा मौसमजन्य विपद् प्रतिकार्य अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा जिल्लाका तीनवटै सुरक्षा निकायले शुक्रबार संयुक्त रुपमा गौर नगरपालिका–४ स्थित बरहवा तालमा मौसमजन्य विपद् प्रतिकार्य अभ्यास गरेको हो ।

प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले तराई–मधेशमा मौसमजन्य विपद् व्यवस्थापनमा आवश्यक सतर्कता अपनाउनका लागि विपद् प्रतिकार्य अभ्यास गरिएको बताउनुभयो । “विपद्को उच्च जोखिमयुक्त जिल्ला भएकाले विपद् प्रतिकार्य अभ्यास गरिएको हो”, उहाँले भन्नुभयो ।

विपद् प्रतिकार्य अभ्यासमा नेपाली सेनाको नारायण दल गण, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, नेपाल नं ११ गण हेड क्वाटर तथा विपद् व्यवस्थापनसँग सरोकार राख्ने निकायहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा  संयुक्त टोलीबाट मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास कार्यक्रममा विपद् न्यूनिकरण सम्बन्धी आगलागी नियन्त्रणको प्रदर्शनी,  उद्धार सामाग्रीको प्रयोग गरी खोज तथा उद्धार कार्य, मोटरबोट तथा पुलबाट उद्धार प्रदर्शनी जस्ता विविध विपद् प्रतिकार्यको अभ्यास लगायत गरिएको थियो ।

रौतहटका प्रहरी प्रमुख नेत्रमणि गिरीले वर्षायाममा सम्भावित हुनसक्ने विपद्जन्य घटनालाई न्यूनीकरण गर्नका लागि सो अभ्यास गरिएको जानकारी दिनुभयो । सशस्त्र प्रहरी बल, नेपाल नं ११ गण हेड क्वाटरका गणपति सन्तोषकुमार बस्नेतले यस्ता गतिविधिबाट विपद्मा उद्धार र राहतमा सघाउ पुग्ने बताउनुभयो । अभ्यास कार्यमा करिव दुई सय ५० जनाभन्दा बढी स्थानीयको सहभागिता रहेको थियो । रासस