३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास



अ+ अ-

रौतहट । रौतहटमा मौसमजन्य विपद् प्रतिकार्य अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा जिल्लाका तीनवटै सुरक्षा निकायले शुक्रबार संयुक्त रुपमा गौर नगरपालिका–४ स्थित बरहवा तालमा मौसमजन्य विपद् प्रतिकार्य अभ्यास गरेको हो ।

प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले तराई–मधेशमा मौसमजन्य विपद् व्यवस्थापनमा आवश्यक सतर्कता अपनाउनका लागि विपद् प्रतिकार्य अभ्यास गरिएको बताउनुभयो । “विपद्को उच्च जोखिमयुक्त जिल्ला भएकाले विपद् प्रतिकार्य अभ्यास गरिएको हो”, उहाँले भन्नुभयो ।

विपद् प्रतिकार्य अभ्यासमा नेपाली सेनाको नारायण दल गण, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, नेपाल नं ११ गण हेड क्वाटर तथा विपद् व्यवस्थापनसँग सरोकार राख्ने निकायहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा  संयुक्त टोलीबाट मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास कार्यक्रममा विपद् न्यूनिकरण सम्बन्धी आगलागी नियन्त्रणको प्रदर्शनी,  उद्धार सामाग्रीको प्रयोग गरी खोज तथा उद्धार कार्य, मोटरबोट तथा पुलबाट उद्धार प्रदर्शनी जस्ता विविध विपद् प्रतिकार्यको अभ्यास लगायत गरिएको थियो ।

रौतहटका प्रहरी प्रमुख नेत्रमणि गिरीले वर्षायाममा सम्भावित हुनसक्ने विपद्जन्य घटनालाई न्यूनीकरण गर्नका लागि सो अभ्यास गरिएको जानकारी दिनुभयो । सशस्त्र प्रहरी बल, नेपाल नं ११ गण हेड क्वाटरका गणपति सन्तोषकुमार बस्नेतले यस्ता गतिविधिबाट विपद्मा उद्धार र राहतमा सघाउ पुग्ने बताउनुभयो । अभ्यास कार्यमा करिव दुई सय ५० जनाभन्दा बढी स्थानीयको सहभागिता रहेको थियो । रासस