३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीको दबाबका कारण गृहमन्त्रीले राजीनामा दिन सकेनन्: माओवादी सांसद सापकोटा



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी) केन्द्र)का सांसद माधव सापकोटाले गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद अवरुद्ध गर्ने अडानमा प्रतिपक्षी दलहरु कायम रहेको बताउनुभएको छ ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद सापकोटाले यस्तो बताउनुभएको हो । गृहमन्त्री लेखकले राजीनामा दिएर छानबिनको सुनिश्चितता नगरेसम्म संसदको कारबाही अगाडि बढ्न नदिने उहाँको भनाइ छ । सांसद सापकोटाले गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउनु भयो ।  उहाँले गृहमन्त्री व्यक्तिगत रूपमा राजीनामा दिन इच्छुक भएपनि गठबन्धन र आफ्नै पार्टीको दबाबका कारण राजीनामा नदिएको जानकारीमा आएको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद चल्न सक्दैन भन्ने हाम्रो पूर्ववत् अडान कायमै छ । यसमा हामी थप के स्पष्ट पार्न चाहन्छौँ भने हाम्रो मुख्य चासो चाहीँ कता हो भने छानविन गर्नुपर्यो । यो एउटा सामान्यमात्र विषय नभई राष्ट्रिय मुद्दाको रुपमा स्थापित भइसकेको छ । राष्ट्रिय मुद्दा भएको हुनाले निश्पक्ष रुपले छानविन गर्ने र सत्यतथ्यलाई सार्वजनिक गरेर जनताका बीचमा ल्याउनुपर्छ । यसभित्र भए गरेका कामकारबाही र क्रियाकलापका बारेमा छानविन गरेर सत्यतथ्य सार्वजनिक गर्नुपर्यो भन्ने हाम्रो मुख्य सवाल छ । छानविनलाई प्रभावकारी बनाउन नैतिक रुपमा माननीय गृहमन्त्रीज्यूले राजीनामा दिँदा नै उहाँलाई पनि यो छानविनलाई पनि राम्रो गर्छ भन्ने हाम्रो बुझाई छ । तर उहाँहरु छानविनका लागि पनि तयार भइसक्नु भएको छैन । गृहमन्त्रीजी व्यक्तिगत रुपमा राजीनामा दिनको लागि तयार भएको जस्तो पाउँछौँ हामी तर गठबन्धन र उहाँको पार्टीले राजीनामा नदिन भनिराखेको जस्तो बुझिन्छ ।’   

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) लगायत विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग संसद अवरुद्ध गर्दै आएका छन् ।