२७ भाद्र २०८३, शनिबार
,
Latest
‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई



अ+ अ-

काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकार जनसरोकारका आधारभुत मुद्दाहरूमा संवेदनशील नभएको आरोप लगाउनुभएको छ ।

बुधवार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राईले दैनिक उपभोग्य वस्तुको अभावदेखि प्रशासनिक ढिलासुस्तीसम्मका विषयमा सरकारको आलोचना गर्नुभयो ।

संसद बैठक ढिलो शुरु भएको सन्दर्भमा टिप्पणी गर्दै राईले सत्तापक्षको आन्तरिक बैठकका कारण सदनलाई पर्खाइएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले जिम्मेवार निकायलाई जवाफदेही बनाउन आफूले सामाजिक सञ्जालमार्फत नैतिक दबाब दिँदै आएको स्पष्ट पार्नुभयो । नियमअनुसार दुई घण्टाभन्दा बढी ढिलो भए बैठक स्थगित हुने प्रावधान भएपनि यस्ता प्राविधिक ढिलासुस्तीले संसदीय गरिमामा असर पुग्ने उहाँको तर्क छ ।

आम नागरिकले ग्यास, पेट्रोलियम पदार्थ र खानेपानी जस्ता आधारभुत आवश्यकताका लागि भोग्नुपरेको सास्तीप्रति चिन्ता व्यक्त गर्नुभयो । मल खरिदका लागि किसानले जग्गाको लालपुर्जा देखाउनुपर्ने प्रावधान अनावश्यक र झन्झटिलो भएको बताउनु भयो ।

वास्तविक किसानले अरूको खेत कमाएको हुनसक्ने र जग्गाधनी बाहिर भएको अवस्थामा मल नपाउनु न्यायोचित नभएको उहाँको तर्क छ । यस्तै, गृहमन्त्रीले आफ्नो छानबिन प्रतिवेदन पत्रकारहरूलाई नै खोज्न आग्रह गरेको प्रसङ्गमा राईले त्यसलाई केटाकेटीपनको संज्ञा दिँदै जिम्मेवार व्यक्तिले त्यसो भन्न नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कालाबजारी भइरहेको छ भने त्यसलाई नियन्त्रण गर्ने काम कार्यकारी निकाय सरकारकै हो । विदेशबाट आयात गर्नुपर्ने वस्तुहरूको हकमा स्टक सिस्टम प्रभावकारी बनाउनुपर्छ । म सबैभन्दा धेरै गाली खप्ने व्यक्ति हुँला, तर कहिल्यै रिसाएको छैन । नेताले ताली र गाली दुवै स्वीकार गर्नुपर्छ ।’

उहाँले सबै दलका समर्थकहरूलाई संयमित रहन र गालीगलौजमा नउत्रन आग्रह समेत गर्नुभयो । –न्युज एजेन्सी नेपाल