२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

गीतकार भुुसालको ‘स्वर्ग यहीँ लुकेको छ’ सार्वजनिक

गीतकार भुुसालको ‘स्वर्ग यहीँ लुकेको छ’ सार्वजनिक
अ अ+ अ-

काठमाडौँ। गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुुसालद्वारा रचित दुुई सन्देशमूलक गीत सार्वजनिक भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा भुसालको ‘स्वर्ग यहीँ लुकेको छ’ र ‘थरिथरि पात झरे’ बोलका गीतहरु गणतन्त्र दिवस, २०८२ का अवसरमा सार्वजनिक भएका हुन् ।

दिवसको अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च, टुँडिखेल आयोजित कार्यक्रममा डा भुसालको ‘स्वर्ग यहीँ लुकेको छ’ बोलको गीतमा कलाकारहरुले पहिलो पटक सामूूहिक नृत्य प्रस्तुत गरेका थिए ।

गैह्रे सुरेशको सङ्गीत रहेको ‘स्वर्ग यहीँ लुकेको छ’ बोलको जागरण गीत स्वरूपराज आचार्य, रूपा गुरुङ, अञ्जली राई र रमिला मगरले गाउनुुभएको छ । यस गीतले नेपाल बनाउने देवदूत अरु कोही होइन, हामी प्रत्येक नेपाली हौं भन्ने वास्तविकतालाई स्वीकार गरेर राष्ट्र निर्माणमा जुट्न आव्हान गरेको छ ।

यो देशलाई स्वर्ग जस्तै सुन्दर बनाउन प्रेरणा दिन्छ भने रामकृष्ण ढकालको स्वर, बिबी अनुरागीको ‘एरेन्ज’मा उत्तम पौडेलको सङ्गीत रहेको ‘थरिथरि पात झरे’ बोलको गीतले वृद्धावस्थामा हुने मनोदशा प्रस्तुत गरेको छ । रासस