७ श्रावण २०८३, बिहीबार
,
Latest
दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्छः संयाेजक दाहाल देशका विभिन्न छ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा नापतौलयन्त्र नवीकरण नगर्ने र उपभोक्ता ठग्ने ६ हजार प्रतिष्ठान कारबाहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिट भिसा प्रकरणबारे गृहमन्त्रीलाई माओवादीको प्रश्नः खाने आफू दोष चाहीँ कर्मचारीलाई ?



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद झक्कुप्रसाद सुवेदीले गृहमन्त्री रमेश लेखकको सचिवालयको प्रत्यक्ष संलग्नतामा त्रिभूवन विमानस्थलमा भ्रष्टाचार भइरहेको आरोप लगाउनु भएको छ ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै सांसद सुवेदीले यस्तो आरोप लगाउनुभएको हो । उहाँले भूटानी शरणार्थी प्रकरणले देशको शीर निहुँराएको छ महिना नहुँदै  भिजिट भिसा सेटिङ प्रकरणले थप शीर निहुराएको टिप्पणी गर्नुभयो । उहाँले राजनीतिक संरक्षण बिना भिजिट भिसाको नाममा मानव तस्करी जस्तो गम्भिर अपराध सम्भव नभएको समेत बताउनु भयो । भिजिट भिसाको आवरणमा भएको तस्करीमार्फत गृहमन्त्री आफू संलग्न रहेपनि कर्मचारीलाई दोष दिएर उम्किन खोजेको उहाँको आरोप छ ।

उहाँले बेरोजगार नागरिक बेचेर पैसा असुल्ने कस्तो देश बनायौं हामीले ? भन्दै प्रश्न गर्नुभयो । उहाँले गृह मन्त्रालयको उच्च नेतृत्वको संलग्नतामा मानव तस्करी भएको दाबी गर्दै निष्पक्ष छानबिन गर्न माग गर्नुभयो । उहाँले गृहमन्त्री लेखकले भाषण अर्कै गर्ने गरेको तर आचरण ठिक नरहेको टिप्पणी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज परिस्थितिले छुट्टै विषयमा बोल्नुपर्ने बनायो । यो साताभर एउटा गम्भीर विषयमा चर्चा भइरहेको छ । मूलभुतरुपमा गृह मन्त्रीको सचिवालयको प्रत्यक्ष संलग्नतामा त्रिभूवन विमानस्थलमा भ्रष्टाचार भइरहेको । त्यो पनि थोरै रकम हैन दिनमा पचास लाख पैयाँसम्म उठाइरहेको भन्ने जो चर्चा छ । यो अहिले सर्वाधिक चर्चाको विषय छ । हामीलाई थाहा छ कुनैदिन भुटानीशरणार्थी प्रकरणले देशको शीर निहुँरायो । कम्तिमा पनि छ महिनासम्म यसबारे देशविदेशमा बहस चल्यो । यतिखेर फेरि भिजिट भिसा सेटिङ प्रकरणले थप शीर निहुराएको छ । बेरोजगार नागरिक बेचेर पैसा असुल्ने कस्तो देश बनायौं हामीले ? यो दुःखद कुरा हो । गृह मन्त्रालयको उच्च नेतृत्वको संलग्नतामा मानव तस्करी भएको छ । हाम्रो देशको छवि अब कस्तो होला ?’

भिजिट भिसाको आवरणमा मानव तस्करीसम्बन्धी अनुसन्धान निष्पक्ष रूपमा हुने वातावरण निर्माणका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरुले प्रतिनिधि सभामा अवरोध गरेका छन् ।