१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने

नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने
अ अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले नेपालका रैथाने तथा मौलिक उत्पादनको संरक्षण, प्रवर्द्धन र अन्तर्राष्ट्रिय ब्रान्डिङका लागि भौगोलिक संकेत (जिआई) सम्बन्धी कानुन चाँडै ल्याइने बताउनुभएको छ।

मन्त्री यादव र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) का नेपाल प्रतिनिधि केन सी भी जुबीच बिहीबार भएको शिष्टाचार भेटवार्तामा नेपालका विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन हुने रैथाने वस्तुको पहिचान, ब्रान्डिङ र दीर्घकालीन संरक्षणका विषयमा विस्तृत छलफल भएको हो।

भेटका क्रममा संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनका नेपाल साथै भुटान हेर्ने प्रतिनिधि केन सिमिजुले विश्वका अधिकांश देश तथा एसियाका प्रायः सबै मुलुकमा जिआई प्रणाली लागू भइसके पनि नेपालमा अझै प्रभावकारी कानुनी व्यवस्था हुन नसकेको उल्लेख गर्नुभयो। उहाँले नेपाली रैथाने उत्पादनको जिआई दर्ता नहुँदा बहुमूल्य स्थानीय ब्रान्ड अन्य देशमा दर्ता हुने जोखिम बढेको भन्दै त्यसलाई रोक्न तत्काल कानुनी व्यवस्था गरी कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो।

उहाँले जिआई प्रणाली लागू भएपछि नेपाली मौलिक उत्पादनको पहिचान स्थापित हुने, अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता बढ्ने र उत्पादकले उचित मूल्य प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो।

जवाफमा मन्त्री यादवले रैथाने उत्पादनको संरक्षण र प्रवर्द्धन सरकारको प्राथमिकतामा रहेको बताउँदै जिआईसम्बन्धी कानुन निर्माणको प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभयो। उहाँले कानुन मन्त्रालयसँग समन्वय गरेर आवश्यक विधेयक छिट्टै तयार गरी संसद्मा पेश गर्ने तयारी भइरहेको समेत बताउनुभयो।

भेटवार्तामा नेपालका विशिष्ट कृषि तथा हस्तकलाजन्य उत्पादनलाई जिआईमार्फत अन्तर्राष्ट्रिय मान्यता दिलाएर आर्थिक मूल्य अभिवृद्धि गर्ने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।