२२ भाद्र २०८३, सोमबार
,
Latest
त्रिशूली–३ बीको सुरुङमा हराइरहेकाको खोजी गर्न माग गर्दै माइतीघरमा धर्ना तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन



अ+ अ-

काठमाडाैँ । भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुले आफ्नो बसोवास तथा जग्गाको स्वामित्व सुनिश्चित गर्नुपर्ने माग गर्दै बिहीवार पनि आन्दोलन जारी राखेका छन् ।

सरकारले वैकल्पिक व्यवस्थापन नगरी उठिवास लगाएको भन्दै उनीहरुले काठमाडौंको माईतीघर मण्डलामा आन्दोलन जारी राखेका छन् । सरकारले समस्या समाधान नगरेसम्म आन्दोलन थप सशक्त रुपमा जारी राख्ने उनीहरुको चेतावनी छ । सुकुम्बासी नागरिक प्रेमबहादुर तामाङले सरकारले सुकुम्बासी र हुकुम्बासी नछुट्याइकन सबैलाई एउटै डालोमा हाल्ने काम गरेको भन्दै आपत्ति जनाउनु भयो ।

सरकार भूमि भएका र नभएका नागरिकको छानविन गरेर मात्र सुकुम्बासी बस्ति हटाउनुपर्नेमा त्यसो नगरेको उहाँको भनाइ छ । उहाँले आफूहरुको वैकिल्पक व्यवस्थापन नभएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी समेत दिनुभयो ।

सरकारले गत वैशाख १२ र १३ गते काठमाडौैं उपत्यकाका विभिन्न खोला तथा नदी किनारमा रहेका सुकुम्बासी बस्तीमाथि डोजर चलाएको थियो । १५ दिनभित्र वैकल्पिक व्यवस्थापन गर्ने भनेपनि सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन गर्न सकेको छैन ।