२४ मंसिर २०८२, बुधबार
,
Latest
खानेपानीको चरम सङ्कट भएका भगवतीमाई गाउँपालिकाका तीन वडामा खानेपानी सुविधा केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने कांग्रेस सभापतिमा उठ्ने चन्द्र भण्डारीको घोषणा एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने कम्युनिष्टहरु सत्तामा पुग्न जोसँग पनि मिल्न थालेः गोकर्ण विष्ट विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँः प्रधानमन्त्री कार्की भन्सार विभाग–एजेन्ट महासंघबीच सहमति, देशभरका भन्सार कार्यालय नियमित डीएसपी नेपाल बहुविवाह आरोपमा पक्राउ सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम क्रियाशील सदस्यता टुंग्याउन कांग्रेसद्वारा परिपत्र जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिट भिसा प्रकरणबारे गृहमन्त्रीलाई माओवादीको प्रश्नः खाने आफू दोष चाहीँ कर्मचारीलाई ?



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद झक्कुप्रसाद सुवेदीले गृहमन्त्री रमेश लेखकको सचिवालयको प्रत्यक्ष संलग्नतामा त्रिभूवन विमानस्थलमा भ्रष्टाचार भइरहेको आरोप लगाउनु भएको छ ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै सांसद सुवेदीले यस्तो आरोप लगाउनुभएको हो । उहाँले भूटानी शरणार्थी प्रकरणले देशको शीर निहुँराएको छ महिना नहुँदै  भिजिट भिसा सेटिङ प्रकरणले थप शीर निहुराएको टिप्पणी गर्नुभयो । उहाँले राजनीतिक संरक्षण बिना भिजिट भिसाको नाममा मानव तस्करी जस्तो गम्भिर अपराध सम्भव नभएको समेत बताउनु भयो । भिजिट भिसाको आवरणमा भएको तस्करीमार्फत गृहमन्त्री आफू संलग्न रहेपनि कर्मचारीलाई दोष दिएर उम्किन खोजेको उहाँको आरोप छ ।

उहाँले बेरोजगार नागरिक बेचेर पैसा असुल्ने कस्तो देश बनायौं हामीले ? भन्दै प्रश्न गर्नुभयो । उहाँले गृह मन्त्रालयको उच्च नेतृत्वको संलग्नतामा मानव तस्करी भएको दाबी गर्दै निष्पक्ष छानबिन गर्न माग गर्नुभयो । उहाँले गृहमन्त्री लेखकले भाषण अर्कै गर्ने गरेको तर आचरण ठिक नरहेको टिप्पणी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज परिस्थितिले छुट्टै विषयमा बोल्नुपर्ने बनायो । यो साताभर एउटा गम्भीर विषयमा चर्चा भइरहेको छ । मूलभुतरुपमा गृह मन्त्रीको सचिवालयको प्रत्यक्ष संलग्नतामा त्रिभूवन विमानस्थलमा भ्रष्टाचार भइरहेको । त्यो पनि थोरै रकम हैन दिनमा पचास लाख पैयाँसम्म उठाइरहेको भन्ने जो चर्चा छ । यो अहिले सर्वाधिक चर्चाको विषय छ । हामीलाई थाहा छ कुनैदिन भुटानीशरणार्थी प्रकरणले देशको शीर निहुँरायो । कम्तिमा पनि छ महिनासम्म यसबारे देशविदेशमा बहस चल्यो । यतिखेर फेरि भिजिट भिसा सेटिङ प्रकरणले थप शीर निहुराएको छ । बेरोजगार नागरिक बेचेर पैसा असुल्ने कस्तो देश बनायौं हामीले ? यो दुःखद कुरा हो । गृह मन्त्रालयको उच्च नेतृत्वको संलग्नतामा मानव तस्करी भएको छ । हाम्रो देशको छवि अब कस्तो होला ?’

भिजिट भिसाको आवरणमा मानव तस्करीसम्बन्धी अनुसन्धान निष्पक्ष रूपमा हुने वातावरण निर्माणका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरुले प्रतिनिधि सभामा अवरोध गरेका छन् ।