१८ भाद्र २०८३, बिहीबार
,
Latest
कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग भोटेकोशी बाढीपीडितका लागि तनहुँ उद्योग वाणिज्य संघको १ लाख ५६ हजार सहयोग भोटेकोशी बाढीः मिथिला नगरपालिकाको ४१ लाख सहयोग भोटेकोशी बाढीः हेटौँडाका शैक्षिक संस्थाबाट ३२ लाख सहयोग डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट भोटेकोशी बाढीः कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो



तस्बिर:सानेबहादुर नेपाली/रासस
अ+ अ-

काठमाडौं । चितवनका स्थानीय महिला सुत्केरी सेवाका लागि स्थानीय स्वास्थ्यचौकी, बर्थिङ सेन्टर तथा अस्पताल जान थालेका छन् ।

पछिल्ला वर्षमा स्वास्थ्य संस्थाको पहुँच, निःशुल्क प्रसूति सेवा र चेतनास्तरमा भएको वृद्धिले सुढेनी (परम्परागत सुत्केरी गराउने) को भरमा नपर्ने महिलाहरु नजिकको स्वास्थ्यचौकी, बर्थिङ सेन्टर तथा अस्पताल जान थालेका हुन् ।

चितवनको भरतपुर जिल्ला अस्पतालबाट आर्थिक वर्ष २०८२÷०८३ मा सात हजार ८५३ महिलाले प्रसूति सेवा लिएका छन् । अघिल्लो आर्थिक वर्ष आठ हजार ४२० जनाले सो सेवा लिनुभएको अस्पतालका वरिष्ठ प्रसूति रोग विशेषज्ञ डा रामप्रसाद सापकोटाले राससलाई जानकारी दिनुभयो ।

विशेषज्ञसहितको प्रसूति सेवा दिन थालेपछि अस्पतालमा नवलपरासी, गोरखा, तनहँु र मकवानपुरबाट पनि आउने गरेका छन् । रासस