१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव

त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव
अ अ+ अ-

काठमाडाैँ । मुलुकको सबैभन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले आज आफ्नो ६७औँ वार्षिकोत्सव मनाएको छ ।

विश्वविद्यालय दिवसका अवसरमा कीर्तिपुरस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले झण्डोत्तोलन गर्नुभयो । त्यस अवसरमा दीर्घ सेवा गरेका न प्राध्यापक तथा कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो ।

विश्वविद्यालयका उपकुलपति प्रा डा भेला थापाले विश्वविद्यालयको वर्तमान अवस्था, प्रगति र भावी योजनाबारे जानकारी गराउँदै उत्कृष्ट शिक्षा, अनुसन्धान र नवप्रवर्तनमार्फत विश्वविद्यालयको शैक्षिक उन्नयनलाई आफूले केन्द्रमा राखेको बताउनुभयो । विसं २०१६ मा स्थापना भएको त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाँच अध्ययन संस्थान, चार सङ्काय, ४० केन्द्रीय विभाग, ६४ आङ्गिक क्याम्पस, एक हजार ५३ सम्बन्धनप्राप्त क्याम्पस तथा चार अध्ययन केन्द्र छन् । हाल विश्वविद्यालयमा पाँच लाख विद्यार्थी अध्ययनरत छन् भने १६ हजार ६२ कर्मचारी कार्यरत छन् ।रासस