२५ जेष्ठ २०८३, सोमबार
,
Latest
लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेन्नईले गुजरातलाई दियो २३१ को लक्ष्य



अ+ अ-

काठमाडौँ । आईपीएल २०२५ को ६७ औं खेलमा चेन्नई सुपर किंग्सले गुजरात टाइटन्सलाई २३१ रनको लक्ष्य दिएको छ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा चेन्नईले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । टोलीले २० ओभरमा ५ विकेट गुमाएर २३० रन बनायो ।

चेन्नईका लागि रविन्द्र जडेजा २१ रन बनाएर अविजित फर्किए । जबकि डेवाल्ड ब्रेभिसले २३ बलमा ५७ रनको इनिङ खेले । यस्तै, डेभन कोनवे (५२ रन) ले पनि अर्धशतक बनाए । ओपनर आयुष म्हात्रेले ३४ र उर्विल पटेलले ३७ रन बनाए ।

गुजरातका प्रसिद्ध कृष्णले दुई विकेट लिए । साई किशोर, राशिद खान र शाहरुख खानले एक–एक विकेट लिए ।

जवाफमा ब्याटिङमा उत्रिएको गुजरातले ४.३ ओभरमा तीन विकेट गुमाएर ३० रन बनाएको छ । प्रभावशाली खेलाडी साई सुदर्शन क्रिजमा छन् । शेर्फेन रदरफोर्ड शून्य, जोस बटलर ५ रन र कप्तान शुभमन गिल १३ रनमा आउट भए । अंशुल कम्बोजले २ विकेट लिए । खलिल अहमदले एक विकेट लिए ।




भर्खरै